Comments Add Comment

वामदेव गौतम

List Grid
आत्मालोचना गरेर एकताबद्ध बन्न वामदेव गौतमको आग्रह

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट नेताहरुले आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शनिबार अवसरमा शुभकामना दिंदै गौतमले आफूबाट भएको गल्ती र कमजोरीप्रति पनि आत्मालोचना गरेका छन् । ‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति […]

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

१० वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट नेता नेपाल फर्किए लगत्तै गौतमसँग भेटवार्ता भएको हो । विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको […]

अहिले पनि म एमालेको उपाध्यक्ष नै हुँ : बामदेव गौतम

१० वैशाख, काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेका बामदेव गौतमले आफू अहिले पनि एमालेको उपाध्यक्ष भएको बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकबाट गौतमलाई स्थायी कमिटी सदस्य चयन गरिएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी स्थायी कमिटी सदस्य चयनको निर्णय गरेको गौतमले निकट नेताहरुलाई बताएका […]

किसान महासंघको भेला गरेकोमा वामदेवको आपत्ति

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले अखिल नेपाल किसान महासंघले राष्ट्रिय भेला गरेकोमा वामदेव गौतमले आपत्ति जनाएका छन् । महासंघको नामा ८ चैतमा भएको भेलालाई गौतमले गुट विशेषको भेला भनेका छन् । २३ फागुनको अदालतको फैसलाअनुसार, महासंघको वैधानिक अध्यक्ष आफू रहेको भन्दै गौतमले ६ चैतमा राष्ट्रिय समितिको बैठक राखेका थिए […]

प्रचण्डलाई धेरै सम्झाउन खोजें, तर मानेनन् : वामदेव

७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला आउनु ऐतिहासिक भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै गौतमले ऋषिराम कट्टेलको माग दाबी मात्रै फैसला भएको भए नेकपा न विभाजन न एकताको अवस्थामा रहने बताए । ‘सर्वोच्चले ऋषिराम कट्टेलको मागलाई मात्रै सम्बोधन गरेर नाम […]

मलाई ह्वीप लाग्दैन, तर दलको निर्देशन बाहिर जान्न : वामदेव गौतम

७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई संसदीय दलको ह्वीप नलाग्ने बताएका छन् । दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा पुगेका गौतमले आफू राष्ट्रपतिबाट चुनिएकाले दलको ह्वीप नलाग्ने बताए । ‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ । संसदीय दलको बैठकमा मलाई नबोलाए पनि हुन्छ भन्ने लागेको हो । मलाई […]

ओलीलाई वामदेवको सुझाव : प्रचण्डसँग कुरा गर्नुहोस्, वाम सरकार जोगाउनुहोस्

३ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले अझै पनि वाम सरकार बचाउनुपर्ने बताएका छन् । आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले माओवादी केन्द्र सहितको सरकार बनाउनुपर्ने बताए । वाम सरकार बनाउन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी अगाडि बढाउनुपर्ने गौतमले बताए […]

वामदेवको एकता अभियानको नाम फेरियो

३ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् । गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान बनाएका […]

वामदेव समूहले पनि बोलायो बैठक

२ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो’, गौतम […]

प्रचण्डसँग वामदेवको प्रस्ताव- ओलीलाई सम्मानपूर्वक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

१३ फागुन, काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् । गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई […]

प्रचण्डको कदम सही सावित भयो, अब पार्टी एकताको पहल गर्नुपर्छ : वामदेव गौतम

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् । संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै गौतमले पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने बताए । ‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको […]

बामदेवले भने– ओलीले राजीनामा देऊ, पार्टी सचिवालय बैठक बोलाऊ

१२ फागुन, काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल पार्टी सचिवालयको बैठक बोलाउन अनुरोध गरेका छन् । संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । गौतमले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले […]

ओली उदय भएको प्रणालीमै वामदेवले औंल्याए खोट

१८ माघ, काठमाडौं । एमाले र माओवादीबीच एकता गर्न १३ वर्ष खर्च भएको र फेरि पनि एकतावद्ध नेकपाको विकल्प नभएको निष्कर्षमा उभिएका वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान सुरू गरेका छन् । आफ्नै संयोजकत्वमा सुरू अभियानलाई प्रष्ट पार्न गौतमले तीन पुस्तक सार्वजनिक गरेका छन्– मार्क्सवाद र जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन्, एक्साइसौं […]

केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु : वामदेव गौतम

१४ माघ, काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा […]

वामदेवले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दै

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । सो कार्यक्रममा नेकपाका […]

मनाङेलाई वामदेवको फोन : एकता अभियानको केन्द्रीय सदस्य राखेँ है !

२ माघ, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वामदेव गौतमले पार्टी एकता अभियान चलाइरहेका छन् । गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङउर्फ दीपक मनाङे वामदेवको एकता अभियानतिर लागेका छन् । गत साल असार ११ गते नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताएका थिए । प्रदेश सभामा नेकपालाई दुई […]

झापामा दुई प्रदेशसभा सदस्य वामदेवको अभियानमा

२७ पुस, विराटनगर । प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् । नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई आफ्नो सरकार जोगाउने प्रयासमा छन् भने प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूह पनि बहुमत […]

वामदेवले घोषणा गरे नेकपा एकता अभियान

२५ पुस, काठमाडौं । वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । तर बामदेव गौतम दुबैतिर लागेका छैनन् । पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्धलाई लिएर […]

अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो : वामदेव

२३ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजीनामा दिएर भएपनि पार्टी एकता जोगाउनुपर्नेमा संसद भंग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । संसद विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएका छन् । दुवै समूहमा नलागेका गौतमले बिहीबार राष्ट्रियसभा बैठकमा पार्टी विभाजनको कुनै औचित्य नभएको बताए । प्रधानमन्त्री ओलीको कार्यशैलीका […]

वामदेव गौतमको गृह जिल्लामा पार्टी एकता अभियान

२२ पुस, बर्दिया । पार्टी विभाजनपछि तटस्थ रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको गृह जिल्लामा पार्टी एकता अभियान सुरु भएको छ । गौतमको गृह जिल्ला बर्दियामा उनी पक्षका नेता तथा कार्यकर्ताहरुले पार्टी एकताका लागि दबाव दिन अभियान चलाएका हुन् । गौतमले पार्टी एकताका लागि दबाव दिन छुट्टै मोर्चा बनाउने चर्चा चलिरहेका बेला […]

पार्टी एकताको सम्भावना जिवितै छ : वामदेव गौतम

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताएका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको […]