+
+

माधवसँग वामदेवले राखे आफ्ना नेताको व्यवस्थापन चासो

एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १५:४७

१५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा रहेका राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूनिकट नेताहरूको व्यवस्थापनमा जोड दिएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग जारी भेटवार्तामा गौतमले नेताहरूको व्यवस्थापनको सरोकार राखेका हुन् । दुई नेताबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले सरोकार राखेको एक नेताले जानकारी दिए ।

राष्ट्रिय एकता अभियानका अन्य नेताहरूसहित गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।

नेकपा एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतको आदेशसँगै विघटनमा गएपछि नेपालले आफूनिकट नेताहरू समेटेर नयाँ पार्टी खोलेका हुन् ।

गौतमले भने नेकपा एमाले, माओवादी केन्द्र र नयाँ पार्टी खोलेका नेपाललाई समेत समेटेर नेकपालाई पुनः अघि बढाउनुपर्ने भन्दै अभियान घोषणा गरेका थिए । पछिल्लो समय भने उनी स्पष्ट जिम्मेवारी दिए एमालेमा फर्कने सार्वजनिक अभिव्यक्ति दिइरहेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?