 
																			१५ पुस, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सोमबार आफ्ना पुराना सहयात्री माधव नेपालसँग भेट गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई भेट्न आलोकनगर पुगेका गौतमले पुराना संस्मरणहरू पुनर्जीवित भएको बताएका छन् ।
अध्यक्ष नेपालसँगको भेटपछि गौतमले भनेका छन्, ‘पुराना संस्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्नपर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’
साथै, उनले आफू एकीकृत समाजवादी प्रवेशको सम्भावना रहेको पनि बताए ।
एक नेताका अनुसार आजको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले चासो राखेका थिए ।
एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4