Comments Add Comment

विशेष अधिवेशन

List Grid
लुम्बिनीमा विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

२६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि […]

लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते आह्वान

१५ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराएका थिए । त्यसलगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले […]

एनआरएनको विशेष महाधिवेशन आज, सहमतिमा नै विधान संशोधन हुँदै

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ। दुईदिनसम्म भर्चुअलरुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ […]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, जनसरोकार विषयमा छलफल हुने

२१ पुस, पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो । विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ । मुख्यमन्त्री पृथ्वीसुब्बा […]

प्रचण्डलाई ओलीको फोन : शीतल निवास पुर्‍याएको हस्ताक्षर फिर्ता ल्याउनुस्

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ । नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले अर्का प्रचण्डलाई फोन गरेका छन् […]

संसदको विशेष अधिवेशन माग्दै नेकपा सांसद शीतलनिवासमा

१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका थिए । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र […]