+
+
Shares

विशेष अधिवेशन माग गर्दै तोसिमाले भनिन्- जिम्मेवारी सम्हाल्ने आँट छ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते २१:४२

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले विशेष अधिवेशनको माग गरेकी छिन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत कार्कीले आफूसँग सभापति रवि लामिछानेको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट समेत रहेको बताएकी छिन् ।

‘हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमा सँग,’ उनले भनेकी छिन् ।

साथै, उनले जिम्मेवारीपूर्वक राजनीतिक विषय उठान गर्दा धम्की दिने र दिन लाउने अनि सबै टुलुटुलु हेरे बस्नेहरूको सार्वजनिक भण्डाफोर गर्न नपरोस् भनेर चेतावनी समेत दिएकी छिन् ।

‘पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रुपान्तरण गरौँ भनि जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा गेट आउट भनेर बुल्ली (धम्की) गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्,’ कार्कीले भनेकी छिन् ।

उनले मिडिया ट्रायल भएको भन्दै पार्टी पंक्तिमा भ्रम छर्न खोज्ने ? भन्दै प्रश्न पनि गरेकी छिन् ।

‘कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोज्ने ?’, उनको प्रश्न छ ।

आफू जेनजी आन्दोलनमै प्रहरीको गोलीबीच हिँडेको मान्छे बताउँदै भनेकी छिन्, ‘तिमिहरूको प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर ठराउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?