Comments Add Comment

स्पष्टीकरण

List Grid
फ्लोर क्रस गर्ने २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि […]

ओलीलाई फ्लोर क्रस गर्ने २२ सांसदको आग्रह : क्षमाशील हुनुस्, अध्यक्ष छाड्नुस्

५ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन् । एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट फ्लोर क्रस गरेर प्रधानमन्त्री […]

सुदूरपश्चिममा माधव पक्षका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

२७ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ […]

महन्थ ठाकुरसहित जसपाका चार नेतासँग २४ घण्टे स्पष्टीकरण माग

१५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् । यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन […]

एमालेले सोध्यो १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण

८ जेठ, हेटौंडा । नेकपा एमालेले माधव नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण […]

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले सांसद पदबाट किन कारबाही नगर्ने भनी सोधेको स्पष्टीकरणको लिखित जवाफ […]

ओलीलाई सांसदहरुको जवाफ : हामी एमालेमै छौं, अर्को पार्टी बनाएका छैनौं

७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । अध्यक्ष ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार नेपाल समूहका सांसदहरुको बैठक बसेको थियो । बैठकमा सांसदहरुले क-कसलाई के स्पष्टीकरण सोधिएको छ भनेर हेरेका थिए । ‘चार जना नेताहरुलाई […]

ओलीले सोधेको स्पष्टीकरणबारे माधव समूहको तीन निष्कर्ष

७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरूले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाउने निर्णय गरेको छ । स्पष्टीकरण सोधिएका २७ सांसदहरुले व्यक्तिगत रुपमा लिखित जवाफ निर्धारित समयभित्रै पठाउने भएका हुन् । मंगलबार अध्यक्ष ओलीले सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेका थिए । त्यसलगत्तै बसेको […]

नेपाल समूहका ४ नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने

१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेकाे केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम  भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि गत आइतबार महासचिव […]

अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : भीम रावल

१० चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् । माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार […]

माधव नेपाललाई महासचिवको प्रश्न : प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको अर्थ के हो ?

९ चैत, काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेपाल माधवकुमार नेपालसहित चार नेतासँग विभिन्न १० बुँदामा स्पष्टीकरण माग गरेको छ । सोमबार महासचिव ईश्वर पोखरेलले पत्र लेखी पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध क्रियाकलापको नेतृत्व र अगुवाई के कति कारणले गरेको भनी १० बुँदामा स्पष्टीकरण माग गरेका हुन् । ओली पक्षीय नेताहरु मात्र उपस्थितिमा ७ चैतमा बसेको […]

हुम्लाका सहायक प्रजिअलाई गृहले सोध्यो स्पष्टीकरण

८ असोज, सुर्खेत । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ । चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । गृह स्रोतका अनुसार प्रशासन शाखाले ‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा […]

खटाएको ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

१९ असार, बुटवल । सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ । पाल्पा अस्पताल तानसेनमा पदस्थापन भएका तर चैत २ गतेदेखि हालसम्म काममा नगएका जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तहका छविराज गिरीलाई मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन एकहप्ते अल्टिमेटम दिएको हो । कोरोना महामारीको जोखिमका बेला लकडाउनका समयमा पनि […]

नेपाली जिन विदेशीलाई अनुसन्धान गर्न दिएको भन्दै रुना झासहित ६ जनालाई स्पष्टीकरण

१ जेठ, काठमाडौं । सरकार र सम्बद्ध निकायलाई थाहै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस (जनेटिक) एउटा विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित ६ जनालाई कारबाही प्रक्रिया सुरु भएको छ । स्वास्थ्य अनुसन्धान परिषदले रुना झासहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका निर्देशक बासुदेव पाण्डे, पूर्वनिर्देशक विवेकलाल कर्ण र शुक्रराज […]

राप्रपा महामन्त्रीले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

११ मंसिर, काठमाडौं । मौन अवधिमा भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग स्पष्टीकरण मागेको छ । मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको निर्वाचन चिह्न राखेर प्रचारप्रसार गरेको भन्दै आयोगले प्रधानसँग स्पष्टीकरण मागेको हो । आयोगले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण […]

सञ्चारमन्त्री बस्नेतलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

१५ कात्तिक, सिन्धुपाल्चोक । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आचरसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन कार्यालयले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित सञ्चारमन्त्री बस्नेतले गएको शुक्रबार सुनकोशी गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको उद्घान गरेका थिए । उद्घाटन पछि क्षेत्र नम्बर-१ का उमेदवार समेत रहेका बस्नेत सहित प्रदेश सभाका उमेदवारहरु समेत सहभागी भएर […]