+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मुकुललाई रास्वपाले सोध्यो : तपाईलाई पार्टीबाट किन नहटाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १४:०३

३० साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने? भनी जवाफ पठाउन पार्टीले पत्र पठाएको छ । ढकाललाई बुधबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र पठाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पठाउन भनिएको छ ।

‘पार्टी विरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ?’ ढकाललाई स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ ।

आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी विभिन्न माध्यमहरुबाट पार्टी हितविपरीत गई विचार दिएको रास्वपाले जनाएको छ ।

‘पार्टी तथा पार्टीका नेताहरुको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरु समेतबाट देखिएको छ,’ ढकाललाई पठाइएको पत्रमा भनिएको छ ।

पार्टीलाई समाप्त पार्न षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरुसँग भेटेको सूचना रास्वपाले प्राप्त गरेको पत्रमा उल्लेख गरिएको छ । ढकाललाई स्पष्टीकरणका लागि पठाइएको पत्रमा उनले विभिन्न सञ्चार माध्यमलाई दिएको अभिव्यक्तिहरुका लिंक समेत पठाइएको छ ।

 रास्वपाले मुकुललाई पठाएको पत्र हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?