+
+
Shares

मलाई स्पष्टीकरण सोधिएको छैन, भ्रम छरेको बारे स्पष्ट हुन निवेदन दिन आएकी हुँ : नेता झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको विषयमा कुनै सत्यता नभएको बताइन्।
  • झाँक्रीले आफ्नो अभिव्यक्ति र भ्रमबारे जानकारी दिन सचिवालय बैठकमा निवेदन दिएको र पार्टीलाई हानी नहोस भन्ने चाहना रहेको बताइन्।

१९ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् ।

अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनले बताइन् ।

‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन,’ उनले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसाबले । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो ।’

उनले थपिन्, ‘त्यो निर्देशनपछि उहाँहरूलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु, त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’

बुटवलमा पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए ।

नेता झाँक्रीले पार्टीलाई आफ्नो कारणले कुनै हानी नहोस् भनेर आफ्नो तहको बैठक नभएपनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको जानकारी गराइन्  ।

के भनिन् झाँक्रीले ? 

स्पष्टीकरण त मिडियातिर सोध्नुभएको रहेछ केही शक्तिशाली पदाधिकारीहरूले। मलाई त स्पष्टीकरण सोधेको छैन। मैले पनि आज मिडियामा बिहानभरि कान पाकुन्जेल त्यही कुरा सुनेँ। 

म त यहीँ पार्टीको सदस्य, उहाँहरूले टेलिभिजनमा स्पष्टीकरण सोधिन्छपार्टीबाट निकालिन्छ  आदि भनेको सुनेको थिएँ, त्यो मैले बोलेको कन्टेन्टको हिसाबले। 

आज सचिवालयको बैठक । फेरि पार्टीले १५ गते यस्तो विषयमा क्रिया प्रतिक्रिया नगर्नु भनेर निर्देशन पनि जारी गरेको थियो। त्यो निर्देशन पछि उहाँहरूलाई झन् प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ। 

उहाँहरू व्यक्तिगत तहमा पनि गालीगलौजदेखि लिएर ‘बडी सेमिङ’ मा बोलिरहनुभएको छ । अनि त्यत्रो जिम्मेवार पदाधिकारीहरू यो बोलिरहेको विषयमा चाहिँ के हो त, स्पष्टीकरण मलाई पनि नसोध्नेबाहिर बाहिर सोध्नेके हो कुरातपाईंहरूको बैठकमा चाहिँ मलाई बोलाउनुहोस्म त्यसको जवाफ सविस्तार दिन्छु। म कुन कन्टेक्स्टमा बोलेँकुन कन्टेन्टमा बोलेँमेरो भनाइ के हो र त्यो गलत हो भने कसरी होत्यसमा म हरप्रकारको तथ्य प्रमाणसहित म बैठकमा उपस्थित भएर बोल्छु। 

मेरो तहको बैठक बोलाउनलाई अझै टाइम लाग्छ होला। त्यतिन्जेल पार्टीलाई पनिव्यक्तिलाई पनि धेरै क्षति हुने काम भइरहेको छ। यो रोक्नको लागि आजैको यो सचिवालयको चालु बैठकमा मलाई बोलाउनुहोस्म मेरो विषयको स्पष्ट त्यहाँ गर्छु भनेर मैले चाहिँ एउटा निवेदन लिएर आएको हुँ।

कन्टेन्टमा अहिले कुरा नगरौँ। कन्टेन्टमा मैले अर्कै सन्दर्भमा कुरा गर्छु। मैले प्रोसेसको मात्रै कुरा गरेँ। मैले एउटा कार्यकर्ता भेलामा बोलेँ। बोलेको विषयको क्रिया प्रतिक्रिया मात्रै होइनपार्टीको ध्यानाकर्षण भएर निर्देशन जारी गर्‍यो सार्वजनिक हिसाबले। 

त्यसपछि मैले सार्वजनिक रूपमा कहीँ आफ्नो कमेन्टस्पष्टीकरण दिइनँ। तर यहाँ पार्टीका धेरै ठूला नेताहरूशक्तिशाली पार्टीभित्रका नेताहरूले सोसलमिडियामासोसल मिडियामाभर्चुअल प्लाटफर्ममा गएर विविध खालका कुराहरू बोलिरहनुभएको छ। 

त्यो बोलेको विषयका प्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै। तर राजनीतिक हिसाबको विषयमा पनि म प्रतिवाद गर्छु। तर मैले भनेका कुराको स्पष्टीकरण बैठकमा दिन्छु म। 

म के प्रसंगमा कसरी बोलेँके विषय थियो त्योकुन कन्टेक्स्ट थियो भन्ने कुरा बैठकमा मेरा कुरा राख्छु। तर मलाई स्पष्टीकरण सोधेको भनेको कुरा निराधारकपोलकल्पितहावा कुरा हो। मलाई उहाँहरूले कुनै स्पष्टीकरण दिनुभएको पनि छैन। दिने निकाय को होत्यो पनि थाहा छैन। 

उहाँको कुन तहको बैठकको निर्णयले दिनुभएको होत्यो थाहा छैन। खाली दुई-तीन जना मान्छेहरूले टिभीमा गएर स्पष्टीकरण सोधियोलियो भन्ने कुरा गर्नुभएको छ। त्यो गलत हो भन्न चाहन्छु।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?