+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

खरानीबाट बनेको सरकारले निर्वाचन गराउन चाहेको छैन : रामकुमारी झाँक्री

झाँक्रीले लुटिएका हतियार र फरार कैदीबन्दीहरू खुलेआम रहेका अवस्थामा कसरी निष्पक्ष निर्वाचन सम्भव हुन्छ भन्ने प्रश्न गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १४:५३

२ मंसिर, गुल्मी । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले खरानीबाट बनेको सरकारले जनमतको सम्मान गर्ने वातावरण तयार गर्न नसकेको बताएकी छन् ।

मंगलबार प्रेस चौतारी नेपाल अर्घाखाँचीले आयेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा झाँक्रीले वर्तमान सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्न खोजेको आरोप लगाउँदै निर्वाचन गर्न नचाहेको बताइन् ।

झाँक्रीले लुटिएका हतियार र फरार कैदीबन्दीहरू खुलेआम रहेका अवस्थामा कसरी निष्पक्ष निर्वाचन सम्भव हुन्छ भन्ने प्रश्न गरिन् ।

उनले संसद् पुनर्स्थापना गरेर लोकतान्त्रिक प्रक्रियालाई सही दिशामा लैजानुपर्नेमा जोड दिइन् ।

लोकतन्त्र बचाउन संसद् तथा निर्वाचन हुनुपर्नेमा उनले जोड दिइन् ।

सरकारले एमाले अध्यक्ष केपीशर्मा ओलीलाई कतै जान नदिई स्वयं नेतृत्वलाई घेराबन्दी गर्दै निर्वाचन चाहेको छैन भन्ने स्पष्ट गराएको उनले बताइन् ।

झाँक्रीले वर्तमान सरकारले राष्ट्रिय हितविपरीत काम गर्दै देशलाई दुर्वल बनाउन खोजेको आरोप समेत लगाइन् ।

जेनजी सहित सबै प्रमुख राजनीतिक दलको सहभागितामा सरकार गठन गरी निष्पक्ष, भयरहित वातावरणमा निर्वाचनतर्फ अघि बढ्नु आजको आवश्यकता रहेको  उनले बताइन् ।

उनले देशलाई बचाउन, संविधानलाई सम्मान गर्न र लोकतन्त्रलाई जोगाउन संसद् पुनर्स्थापना गरेर अब सबै दल मिलेर निर्वाचनमा जानैपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?