
२४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ ।
सचिवालय बैठकले स्पष्टीकरण बुझाउने समय सात दिन थपेको हो । झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव सहित अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्ति दिएकी थिइन् ।
गत १४ असारमा झाँक्रीले ‘सिनो बोकेर’ हिँड्न नसकिने बताएकी थिइन् । यस्तो अभिव्यक्ति दिएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4