News Summary
Generated by OK AI. Editorially reviewed.- गत ११ माघमा निर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २५ फागुनमा सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको छ।
- रामकुमारी झाक्री शपथ समारोहमा १५ मिनेट ढिलो २:१५ बजे पुगेकी थिइन् र अन्य सदस्यको शपथ सकिएको थियो।
- झाक्रीले एक्लै शपथ ग्रहण गरिन् र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनियताको शपथ दिलाएका छन्।
२५ फागुन, काठमाडौं । गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ ।
सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् ।
२ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो ।
१५ मिनेट ढिलो पुगिकी रामकुमारीले पछि एक्लै शपथ ग्रहण गरिन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4