OnlineKhabar.com

५२ वर्षीय छोराद्वारा २८ वर्षीय पितालाई दागबत्ति !

२०७० भदौ १८ गते ४:५३ मा प्रकाशित

सम्भवत पहिलोपटक ५२ बर्षका छोराले आफ्ना २८ बषिर्य बाबुलाई दागबत्ति दिन गइरहेका छन् । हरियाणाको मिरपुर गाउँका रामचन्द्र यादव अब आफ्ना फौजी बाबु हवलदार जगमाल सिंहको शवको प्रतीक्षा गरिरहेका छन् ।

जगमाल सिंहको शव ४५ बर्षदेखि ग्लेसियरमा पुरिएको थियो । उनले सपनामा पनि सोंचेका थिएनन कि बिमान दुर्घटनामा मृत्यु भएका आफ्ना पिताको शव ४५ बर्षपछि पाइन्छ भनेर ।

गत अगष्ट २२ मा भारतीय सेनाले ४५ बर्षअघि बिमान दुर्घटनामा मरेका सैनिकको शवसँगै जगमालको शव पनि फेला पारेको छ । शव फेला पार्दा शरीरमा सैनिक पोशाक कायम थियो भने खल्तीमा सैनिकको परिचय दिने कागजात पनि रहेको थियो । उनको साथमा परिचय खुल्ने पट्टासँगै बिमा नीति तथा उनका परिवारले पठाएको पत्र चिठी पनि भेटिएको छ ।

सन् १९६८ को फेब्रअरी महिनामा एक मालबाहक बिमान दुर्घटनामा यी सैनिकको मृत्यु भएको थियो । उनको शव सेनाले ढाक्का हिमनदीमा पाँच हजार चार सय मिटरको उचाईमा फेला परेको बताइएको छ ।

पर्वतारोहीले सन् २००३ मा उक्त क्षेत्रमा शव देखेका थिए । त्यसपछि सेनाले खोजी अभियान चलाएको थियो जसबाट चारवटा शव फेला पारेको थियो ।

आफै पनि सैनिक सेवाबाट अबकाश पाइसकेका रामचन्द्र भन्छन-‘बिमान दुर्घटना हुँदा म ६ बर्षको थिएँ । अब म ५२ बर्ष भइसकेछु र मैले मेरा २८ बर्षका बाबुको शव पाउँदैछु ।’-एएफपी

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

पानीको साटो रक्सी पिएर १ सय ७ वर्ष बाँचे यी पुरुष

पानी वास्तवमा जिवहरुको जिवनदायिनी तत्व नै हो । पानी नपिइकन मानिस धेरै दिन बाँच्न सक्दैन । तर एकजना मानिस भने पानी नै नपिइकन १...

भारतले बनायो अढाइ सय ग्रामको बन्दुक

महिला बन्दुक बनाएको दुइ वर्षपछि भारतले देशकै सबैभन्दा हलुका बन्दुक पनि तयार गरेको छ । भारतले दुइ वर्ष पहिले निर्भिक नामको हाते बन्दुक बनाएको...

नांगो जिउमा खाना राखेर युवतीले गरिन् पाहुनालाई स्वागत

अमेरिकाको टेक्सास स्टेट युनिभर्सिटीका विद्यार्थीहरु तब हैरान भए जब उनीहरुले कलेजमै पढ्ने एक युवती बिकिनी लगाएको आफ्नो अर्धनग्न जिउमाथि विभिन्न खाले खानेकुरा पस्किएर टेबुलमा...

अनौठो चटक देखाउने डेढ लाखको बाख्रो

मानिसले भन्दा पनि उत्कृष्ट स्टन्ट देखाउने गरेको एक पाकिस्तानी बाख्रोको भिडियो अहिले इन्टरनेटमा खुबै भाइरल बनेको छ । रानी नामको उक्त बाख्रो चटक देखाउनमा...

जवानी देखाउन यसरी साँढे मारेर रगत पिउँछन् तन्नेरीहरु

अफ्रिकी महादेशका आदिवासीहरुका कतिपय संस्कार तथा परम्पराहरु निकै नै भयानक तथा अनौठा लाग्ने खालका हुन्छन् । केन्याको रिफ्ट भ्यालीमा बसोबास गर्ने एक आदिवासी समुदायमा पनि...

न्यायाधीशको घाँस खाइदिएको आरोपमा बाख्रो गिरफ्तार, मालिकलाई जेल

यो दुनियामा कोही भाग्यमानी बाख्राहरुले घाँस खाइदिए बापत तलब भत्ता पाउँछन् त कोही अभागी बाख्राहरु घाँस खाइदिएको अभियोगमा पक्राउ पर्छन् । गुगलले आफ्नो कार्यालय...

स्कुलको अनौठो नियम: भर्जिन छात्रालाई मात्र छात्रवृत्ति

यसलाई एक्काइसौँ सताब्दीको सबैभन्दा लज्जाजनक नियम नभनेर के भन्ने ? विश्व अर्थतन्त्रको उदीयमान विकाशशील राष्ट्र दक्षिण अफिकामा अहिले एउटा विवादित छात्रवृत्ति योजना चर्चाको शिखरमा...

दुनियाको रहस्यमय गाउँ : जहाँ हरेक दिन लाग्छ डढेलो, दिनदिनै जल्छन् घर

यो दुनिया रहस्यको खानी नै हो भन्दा फरक पर्दैन, किनकी यहाँ मान्छेको बुद्धिले पर्गेल्नै नसकिने खालका धेरै ठाउँ छन् तथा घटनाहरु भैरहन्छन् । भारतको...

नयाँ वर्षको अनौठो उपहार, रित्तो बोइंग जहाजमा एक्लै यात्रा

नयाँ सालमा यो भन्दा उत्तम उपहार के हुन सक्छ की कुनैपनि यात्रुलाई एउटा पूरै जहाजमा एक्लै यात्रा गर्ने मौका मिलोस् । चीनमा एक युवतीलाई...

घरका बुढापाकालाई मार्ने डरलाग्दो चलन, यसरी मारिन्छ आफ्नै बाउआमा तथा बाजे बज्यैलाई

दुनियामा केही यस्ता अनौठा कुप्रथा तथा परम्पराहरु छन् जसका बारेमा सुन्दैमा झसँग होइन्छ । यस्तै परम्परा मध्येको एक हो भारतको तमिलनाडुमा प्रचलित ठलाईकुठल ।...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित