+
+

शिल्पाको घरमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १ गते १६:३५

बलिउड अभिनेत्री शिल्पा शेट्टीको निवासमा चोरी भएको छ । श्रीमान व्यवसायी राज कुन्द्रा सहित शिल्पाको परिवार बस्ने मुम्बइस्थित निवासमा यो हप्ताको सुरुतिर चोरी भएको हो । चोरले शिल्पाको घरबाट महंगो म्युजिक सिस्टम तथा आइपोड लगायतका चिज चोरेर लगेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

shilpa

प्रहरीले यो चोरीको घटनाको अनुसन्धान गरिरहेको छ । घर व्यवस्थापकले प्रहरीमा चोरीको उजुरी दर्ता गरेका छन् । जुहु पुलिस स्टेसनका अनुसार घटनाको अनुसन्धान भैरहेको भएपनि अहिलेसम्म कोहीपनि पक्राउ परेको छैन ।

चोरले सामान चोरेपनि राज र शिल्पा भने अहिले नयाँ परियोजनामा व्यस्त छन् । यो दम्पतीको होम ब्यानरमा निर्मित पहिलो फिल्मको ट्रेलर पोष्टर केही दिनअघि मात्र सार्वजनिक भएको थियो । त्यसमा सन्नी देवल, हरमन बवेजा तथा आयसा खन्ना लगायतको अभिनय रहेको छ । त्यस्तै राजले शुक्रबार आफ्नो पहिलो पुस्तक समेत सार्वजनिक गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?