+
+

गीतालाई सभासद बनाउन खोज्दा एक्लिए गच्छदार

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १७ गते १७:४७

१७ पुस, काठमाडौं । समानुपातिक सभासद छनोटलाई लिएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पार्टीमा एक्लिनुभएको छ । गच्छदारले मनोनानी ढंगले सभासद छनोट गरेको भन्दै पदाधिकारी गच्छदारविरुद्ध एक भएका छन् ।

bijay-gachhadarवरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्षहरु गोविन्द चौधरी, नसिर सिद्दिकी र दानबहादुर चौधरी, महासचिव जितेन्द्र देव, सचिव रविन्द्र ठाकुर र भन्द्रेश्वर खत्वेले निर्वाचन आयोगमा उजुरी दिनु भएको छ ।

उनीहरुले पार्टीभित्रैका व्यक्तिलाई सभासद बनाउन माग गरेका छन् भने रामजनम चौधरीसहितका नेताहरुले पार्टीले मधेसमा प्रस्ताव गरेको दुई प्रदेशअनुसार बराबरी हिस्सा खोज्नुभएको छ ।

रामेश्वर रायसहितको समूहले बुधबार अध्यक्ष गच्छदारलाई भेटेर तत्काल निर्णय सच्याउन माग गरेका छन् । ‘हामीले त्यो सूची संशोधनका लागि लागि आग्रह गरेका छौं’ वरिष्ठ उपाध्यक्ष रायले अनलाइनखबरसँग भन्नुभयो-अध्यक्षले सकारात्मक छौं भन्नुभएको छ ।’

असन्तुष्ट नेताहरुले एन प्याप्सनका अध्यक्ष गीता राणा, प्याप्सनका अध्यक्ष बाबुराम पोखरेल, डा. सुवोध पोखरेल र उद्योगपति पवन सारडालाई सभासद बनाएकोमा आपत्ति जनाएका छन् । आर्थिक लेनदेनमा सभासद बनाइयो भन्ने तपाईहरुको गुनासो हो ? भन्ने प्रश्नमा रायले भन्नुभयो-‘यसबारे पार्टीमा छलफल होला ।’

समानुपातिको सूचीलाई लिएर कैलाली ३ बाट प्रत्यक्ष निर्वाचित राजजनम चौधरीसहित केन्द्रीय सदस्य मंगलप्रसाद थारु, मानबहादुर महतो र सरिफ अहमद सिद्धिकीले राजीनामा दिइसक्नुभएको छ ।

‘अध्यक्षसँग सैद्धान्तिक मतभेद भएपछि राजीनामा दिएको हुँ’ चौधरीले अनलाइनखबरसँग भन्नुभयो-‘पार्टीले मधेसमा दुई प्रदेश बनाउने भनेको छ, मैले नारायणी पूर्व ५ सभासद लिनुस् र हामीलाई -नारायणी पश्चिम)बाट ५ सभासद मागेको हुँ ।’ उहाँले ५ सीट नपाए नारायणी पश्चिमबाट कम्तिमा ३ सभासद बनाउनुपर्ने आफ्नो बटमलाइन भएको सुनाउनुभयो । ‘हामीले ५ हुँदैन भने ३ दिनुस् भन्यौं । तर, उहाँले मान्नुभएन, १ मात्र दिनुभयो । त्यसैले अन्याय भयो भनेर राजीनामा दियौं ।’

अध्यक्ष गच्छदारले मागप्रति सकारात्मक छु भन्दै वार्ताका लागि प्रस्ताव गरेको भन्दै उहाँले छिट्टै छलफल हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?