+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बार्सिलोना सांगीतिक साँझ सम्पन्न (फोटोफिचर)

वार्सिलोना । स्पेनको बार्सिलोनामा रहेका कलाकारहरुको सकृयतामा “बार्सिलोना सांगीतिक साँझ २०१४” सम्पन्न भएको छ । बढ्दो गर्मीसँगै शुरु भएको सांगीतिक साँझमा नेपाली गीत संगीत तथा नृत्यको जोडदार प्रस्तुतिले दर्शकहरु रमाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २४ गते १२:२२

वसन्त रानाभाट

वार्सिलोना । स्पेनको बार्सिलोनामा रहेका कलाकारहरुको सकृयतामा “बार्सिलोना सांगीतिक साँझ २०१४” सम्पन्न भएको छ । बढ्दो गर्मीसँगै शुरु भएको सांगीतिक साँझमा नेपाली गीत संगीत तथा नृत्यको जोडदार प्रस्तुतिले दर्शकहरु रमाएका थिए ।spain-1

 नेपालदेखि सांगीतिक यात्रामा युरोप आएका चर्चित कलाकारहरु रेश्मा सुनुवार र अविनाश घिसिङले पहिलो चोटी बार्सिलोनामा प्रस्तुती दिएका थिए । युरोपको बिभिन्न देशहरुमा पुगेर प्रस्तुती दिइसकेका यी दुई कलाकारहरुले आफ्ना चर्चित गितहरु प्रस्तुत गरेका थिए । गायक घिसिङगले “कलकते ईयो”,”चम्पा”,हिमाली गाउँमा लगायत एक दर्जन गीतहरु प्रस्तुत गरेका थिए ।

 गायिका सुनुवारले पनि “मै ठुली भैछुरे”,झिम्मकाइ देउ परेली,हरेक पल तिम्रो लगायतका आफ्ना चर्चित गीतहरु गाउँदा दर्शकहरु निकै हौसिएका थिए ।स्पेनमा नै कलाकारहरुका तीनवटा सङगठनहरु भए भन्दै, आलोचना हुँदै आएको परिपेक्षमा सोमबार सम्पन्न कार्यक्रममा सम्पुर्ण कलाकारहरु मिलेर,एउटै कार्यक्रम गर्दा, हामी एकजुट छौँ भन्ने सन्देश दिएका थिए ।spain-2

 “पसिना बगाउ अब” बोलको देशभक्ती भावानाले ओतप्रोत गीतमा अजय लोपचोन र भुबन अछामिले नृत्य गर्दा दर्शकहरु भावविहोल देखिन्थे । कार्यक्रममा स्थानिय कलाकारहरुले गित संगित तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए ।

spain-3

spain-4

spain-5

spain-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?