+
+
Shares

अब मापसेको मात्रा प्रिन्ट हुने ब्रेथलाइजर

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ६ गते ६:१६

mapase६ भदौ, काठमाडौं । ट्राफिक प्रहरीले अब मादकपदार्थ सेवनको मात्रासमेत थाहा हुने ब्रेथलाइजर मेसिन ल्याएको छ । प्रहरीले मापसे चेकिङको क्रममा मात्रासहित तत्कालै प्रिन्ट गरेर दिने मेसिन भित्र्याएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसेको मात्रासमेत थाहा हुने अत्याधुनिक ब्रेथलाइजर ल्याएको छ । ट्राफिक महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीका अनुसार पुरानो ब्रेथलाइजरजस्तो नयाँ चेक गर्दा धेरै फुक्नुसमेत पर्दैन ।

‘नयाँ ब्रेथलाइजरको रेकर्ड कम्प्युटरमा समेत राख्न सकिन्छ,’ डिआइजी अधिकारीले भने । एक-दुई दिनमै नयाँ ब्रेथलाइजर प्रयोगमा आउने उनको भनाई रहेको नयाँ पत्रिकामा खबर छ ।

प्रहरी प्रधान कार्यालयले ट्राफिक महाशाखाका लागि १८ वटा ब्रेथलाइजर लिएको छ । नयाँ ब्रेथलाइजरको एउटाको मूल्य एक लाख ३५ हजार चार सय ५९ रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?