+

मैत्रिपूर्ण फुटबलमा नेपालद्वारा बंगलादेश पराजित

२०७१ भदौ  १३ गते १९:५३ २०७१ भदौ १३ गते १९:५३
मैत्रिपूर्ण फुटबलमा नेपालद्वारा बंगलादेश पराजित

१३ भदौ, काठमाडौं । एसियाडको तयारीका क्रममा बंगलादेश गएको नेपाली फुटबल टोलीले मैत्रिपूर्ण खेलमा घरेलु टोलीलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि ७९ औं मिनेटमा सुशील केसीले गोल गरेका थिए । उनले रोविन श्रेष्ठको पासमा गोल गरेका हुन् ।

यसअघि पहिलो मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशको टोलीसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय