+
+
Shares

थाई प्रेमिकाले गर्दा पारस र हिमानीको सम्बन्ध टाढियो

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २९ गते ६:४९

Paras-shaha२९ कात्तिक, काठमाडौ । चार वर्षदेखि थाइल्याण्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध अब कानूनी रुपमा मात्रै सीमित भएको छ । उनीहरु दुईबीचको पारिवारिक र भावनात्मक सम्बन्ध पूर्ण रुपमा टुटिसकेको पारसका साथीहरु बताउँछन् ।

पारस बैंककमा थाइ युवती कन्निका च्यान्साइसँग बसेका छन् । उनी प्रेमिका कन्निकालाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि हिमानीसागको सम्बन्ध करिबकरिब टुटिसकेको अवस्था रहेको राजधानी दैनिकमा खबर छ । प्रेमिकाकै कारण पारस र हिमानीबीचको सम्बन्ध विग्रदै गएको छ ।

पारसले फेसबुकबाटसमेत प्रेमिकाको चर्चा गरेका छन् । बुधवार पारसले राखेको फेसबुक स्टाटसमा प्रेमिकासँग माफी मागेका छन् । प्रेमिकालाई अचानक शंका गरिएको भन्दै उनले अफसोच पोखेका छन् ।

कन्निकाको फोटोलाई उनले सेयर समेत गरेका छन् । स्टाटसको एक ठाउामा उनले प्रेमिकालाई स्त्री लेखेका छन् । पारसको यस्तो ब्यवहारबाट हिमानी निकै दुखित भएको उनका सहयोगीहरु बताउँछन् ।

पारसले फेसबुकमा हिमानीको चर्चासमेत गर्दैनन्, न त हिमानीले पारसबारे केही लेख्ने गरेका छन् । बरु, छोराछोरीको तस्वीर राख्ने गरेका छन् । हृदयेन्द्र मोटरसाइकल चढेको फोटो केही समयअघि उनले फेसबुकमा राखेकी थिइन् ।

केही समयअघि गाँजासहित पक्राउ परेपछि पारसलाई भेट्न र लिन हिमानीले बैंकक जाने सोंच बनाएकी थिइन् । प्रहरीबाट हिरासतमुक्त भएपछि पारसले आफूलाई प्रेमिका कन्निकाले फसाएको फेसबुकमा उल्लेख गरेका थिए । त्यसपछि निर्मल निवासले हिमानीलाई बैंकक पठाउाने र नेपाल ल्याउँने सोंच बनाएको थियो ।

‘हिमानी पनि जान तयार भएकी थिइन् । तर, पारसले कन्निका काठमाडौ आउन तयार नभएको जनाएपछि पारसलाई नेपाल ल्याउने सोंच परिवारले त्यागेका छन् । पारसले आफूसागै प्रेमिकालाई सागै ल्याउन चाहेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?