Comments Add Comment

एलेक्स सोचेन्ज आर्सनलमा अनुवन्धित

Alexis-Sanchezचिलीका स्ट्राइकर एलेक्स सोचेन्ज बार्सिलोनाबाट आर्सनल गएका छन् । २५ वर्षीय सान्चेजले ३५ मिलियन पाउण्डमा इंग्लिस क्लब आर्सनलमा चार वर्षे सम्झौता गरेका हुन् । सान्चेजले लण्डनमा मेडिकल टेष्ट गरिसकेका छन् ।

बार्सिलोनाबाट १४१ खेल खेलका उनले ४७ गोल गरेका छन् । ब्राजिल विश्वकपमा चिलीलाई क्वाटरफाइनलसम्म पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका उनले दुई गोल समेत गरेका थिए । चिलीका लागि ७१ क्याप जितेका उनले २४ गोल गरेका छन् ।

सान्चेजले भनेका छन्-आर्सनलमा अनुवन्धित भएकोमा म निकै खुसी छु, जुन क्लबको म्यानेजर महान छन् र शानदार टिम छ र विश्वभरी धेरै समर्थक छन् ।’

प्रशिक्षक आर्सेन वेंगरले सान्चेज राम्रो फुटबलर भएको बताए । उनको आगमनले क्लबको शक्ति र स्तर बढ्ने उनको विश्वास थियो ।

लिभरपुलले लुइस स्वरेजलाई बार्सिलोनालाई बेच्दा सान्चेजलाई भित्र्याउने इच्छा देखाएको थियो । तर, एलेक्सले आर्सनल रोजेका छन् । इटालियन क्लब युभेन्टसले पनि इच्छा देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment