Comments Add Comment

सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकलाई उपहारको वर्षा

city express२७ असार काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर पा.लि. शुक्रबारदेखि आठौं वर्षमा प्रवेस गरेको छ ।

आठौं वर्षमा प्रवेस गरेको अवसरमा कम्पनीले ‘पैसा हात-हातमा उपहार आठ-आठमा’ नामक उपहार योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक दिन आठ जनालाई विन प्रुफ्ड ज्याकेट वितरण गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी प्रत्येक आठ दिनमा एक जनालाई स्मार्ट फोन, प्रत्येक महिनाको आठ गते एक जनालाई सुनको सिक्री, चौथो महिनाको आठ गते १५० सीसीको मोटरसाइकल र लक्की ड्रमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । यो योजना २०७१ असार २७ गतेदेखि तीन महिना सञ्चालन हुने कम्पनीले जनाएको छ ।

‘पुर्‍याउँछौ सम्हालेर’ भन्ने नारा लिएको कम्पनी छोटो समयमा नै तेस्रो रेमिटान्स सेवा प्रदायक कम्पनी बन्न सफल भएको प्रवन्ध निर्देशक चन्द्र टन्डनले जानकारी दिए ।

कम्पनीका देशभर ३५ सय भन्दा बढी सेवा केन्द्रहरु छन् । विषेशगरी कतार, मलेसिया, जापान, साउदी अरब, अमेरीका, इराक, जोर्डन, बेलायत तथा अष्ट्रेलियालगायतका देशबाट मुलुकमा रेमिटान्स भित्र्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment