Comments Add Comment

ब्रिफकेस फोर्ने पूर्वसभासद भन्छन्- त्यो ठीक गरियो !

२९ असार, काठमाडौं । पहिलो संविधानसभामा एमाले नेतृत्वको सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट भाषण गर्न संसदमा प्रवेश गर्नासाथ उनको ब्रिफकेस खोसेर फुटाइयो । त्यसरी ब्रिफकेस फोर्नमा प्रमुख भूमिका खेलेका एमाओवादीका तत्कालीन सभासद सूर्यमान दोङ उक्त घटनालाई सम्झँदै भन्छन्- हामीले गरेको सो कार्य अलोकतान्त्रिक थिएन ।

Bazet‘हामीले जनजविविकाका सवालहरुलाई बजेटमा समेटियोस् भन्ने आग्रह गरेका थियौं, तर एकलौैटी ढंगले बजेट ल्याइएको हुनाले त्यस्तो घटना भएको हो, पूर्वसभासद दोङले अनलाइनखबरसँग भने-‘जनताको आवाज सुनिएन भने त्यस्तो हुनु स्वाभाविकै हुन्छ ।’

तर, यस्तो कार्य त हदैसम्मको अलोकतान्त्रिक कार्य होइन र ? भन्ने अनलाइनखबरको प्रश्नमा दोङले भने, ‘लोकतन्त्रका नाममा जे पनि गर्न पाइन्छ ? जनताको आवाज सुन्न्नपर्छ भन्दा नटेर्ने हो भने यस्तो घटना हुन सक्छ ।’

आफूहरुले जनयुद्ध सुरु गर्दा पनि कांग्रेस र एमालेले त्यसलाई अलोकतान्त्रिक मानेको भन्दै एमाओवादी केन्द्रीय सदस्य दोङले संसदमा बि्रफकेस फोरिएको घटनालाई जनयुद्धसँग तुलना गरे ।

आर्थिक वर्ष ०६७/०६८ को बजेट प्रस्तुत गर्नेक्रममा ०६७ मंसिरमा एमाओवादीले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि संसदमा भौतिक हस्तक्षेप गरेका थिए । यो घटनामा संलग्न सभासदलाई कारवाही गरिने सभामुख सुवास नेम्वाङले बताएका थिए । एमाओवादीले फुटाएको बि्रफकेस संग्रहालयमा राख्ने घोषणा गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment