Comments Add Comment

श्रीमतीले दिनहुँ सहवास टारेपछि लोग्नेले के गरे ?

सम्भोगका लागि आफुले दिनहुँ गर्ने आग्रह श्रीमतीले इन्कार गरेपछि निरास बनेका एकजना पुरुषले श्रीमतीका निहुँ समेटेर ठूलै सूचि तयार पारे । एक महिनासम्म श्रीमतीले के -के निहुँ पारेर सम्भोग टारिन् भन्ने कुराको सूचि तयार पारेर उनले आफ्नै श्रीमतीको इमेलमा पठाइदिए ।

यसरी मिहिनेत गरेर बनाएको सूचि पठाउँदा श्रीमतीलाई साँच्चीकै गल्ती गरेको बोध हुने र अबदेखि आफ्नो आग्रह स्विकार्ने आशामा रहेका ती पुरुषको सपनामा डढेलो लागेको छ । किनकी ती महिलाले आफ्नो लोग्नेले आफुलाई पठाएको सूचिलाई इन्टरनेटमा पोष्ट गरेर लोग्नेकै खिल्ली उडाइदिएकी छिन् ।

sex lifeविचरा श्रीमतीसँग सहवास गर्न नपाएर दुखी बनेका ती पुरुषको दुखेसो पनि जायजै होला । श्रीमतीले निहुँ पनि के के पार्न सकेकी हँ ? कहिले टेलिभिजन शो हेर्नुछ भनेर त कहिले भोलि विहान छिटै उठ्नुछ भनेर । त्यस्तै कहिले आज मैले धेरै खाएकी छु भनेर त कहिले विरामी हुँला जस्तो छ भनेर । कहिले त तिमीले धेरै पिएका छौ भनेर सम्भोग टार्दिरहेछिन् भने कहिले मैले धेरै पिएकी छु भनेर पिठ्युँ फर्काइदिने रहेछिन् । कहिले जिउबाट पसिना आएको छ नुहाउनुपर्छ भनेर पनि ।

श्रीमतीले विभिन्न बहाना पारेर आफुलाई आजित बनाएपछि दिक्क भएका ती पुरुषले दुइ महिनामा केवल ३ पटक मात्र श्रीमतीसँग सम्भोग गर्न पाएका रहेछन् । उनले हरेक दिन श्रीमतीले के बहानामा सेक्स टार्छे भन्ने कुरालाई एक्सेलमा गएर लेख्दै सुरक्षित गर्दा रहेछन् । अन्ततः त्यो सूचिलाई उनले आफु व्यापारको सिलसिलामा कतै बाहिर भ्रमणमा निस्कनुअघि विमानस्थलबाटै श्रीमतीलाई इमेल गरिदिए ।

Sex-Spreadsheet

नाम नखुलाइएका ती पुरुषकी श्रीमती लोग्नेको त्यस्तो इमेल देखेर छक्क परिन् । उनले सुरुमा लोग्नेलाई सम्पर्क गर्न खोजिन् तर फोन सम्पर्क भएन । अन्ततः उनले सामाजिक संजाल रेडिटमा आफ्नो लोग्नेको इमेलबारे खुलासा गरिन् र लेखिन्, ‘मेरो लोग्नेले मेरो इमेलमा सन्देश पठाएका छन्……..यसअघि कहिल्यैपनि त्यस्तो गर्दैनथे । यसअघि कि त हामी सोझै भेटेर कुरा गथ्र्यौँ कि त टेक्स्ट म्यासेजबाट ।’ उनले सामाजिक संजालमा सबै कुराको वर्णन गर्दै लोग्नेले पठाएको सूचि समेत पोष्ट गरिन् ।

त्यसपछि त के चाहियो, टिप्पणी गर्नेको बाढी नै आयो । कतिपयले भने लोग्नेको यस्तो निर्णय निकै कडा भएकेा र त्यसले सम्बन्ध सरलीकरण हुन निकै समय लाग्ने अनुमान समेत गरेका छन् । तर कतिपयले भने लोग्नेप्रति सहानूभूति व्यक्त गर्दै धेरै प्रयास गर्दा पनि स्वास्नीलाई मनाउन नसकेपछि बाध्य भएर ती पुरुषले त्यस्तो निर्णय लिएको हुनसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment