Comments Add Comment

अमेरिकाबाट सस्तो फोन : आईबीओप्रति नेपालीको मन

६ साउन, सनफ्रान्सिस्को । अमेरिकामा रहेका नेपालीहरूले सस्तो शुल्कमा नेपालमाटेलिफोन सम्पर्क गर्न आईबीओ सदस्य संख्या बढाउनुपर्ने भएको छ ।

क्यालिफोर्नियाको सनफ्रान्सिस्को क्षेत्रका लागि नेपाली पर्यटनदूत अनिलपाण्डेका अनुसार आईबीओ सेवा प्रदायकले आईबीओमा कम्तीमा ५ सय नेपाली सदस्यभएमा निकै सस्तो शुल्कमा अन्तरदेशीय टेलिफोन सेवा उपलव्धगराउने जानकारी गराएपछि America-Telephoneनेपालीमायसको ग्राहक बन्ने उत्साह बढेको हो ।

“आईबीओ सेवामा गएका विश्वका अधिकांश मुलुकका नागरिकले सस्तो शुल्कमाआईएसटडी सेवा पाइरहेका छन्, सार्ककै सदस्य बंगलादेशले पनि हालै आईबीओसेवाका लागि स्वीकृति प्रदान गरिसकेको छ, तर नेपाल सरकारले रेमिट्यान्सकास्रोत तीसौं लाख नागरिकका लागि यति जाबो सेवा दिन पनि कञ्जुस्याइँगरिरहेको छ” विगत झन्डै तीन दशकदेखि अमेरिकामा वसोबास गर्दै आएका पाण्डेलेभने ।

आईबीओ अर्थात इण्डिपेण्डेन्ट बिजनेस अनर अत्यन्त न्यून शुल्कमाअन्तरदेशीय दुरभाष सुविधा हो । इन्टरनेटको सुविधा लिनसक्ने सम्पन्नवर्गका लागि भाइबर, स्काइपआदि सुविधा सहज भएपनि सर्वसाधारणका लागि आईबीओमात्र सुलभ हुन्छ ।

बिश्वका करिब ८० मुलुकले सुविधा लिईरहेको सेवा नेपालीलाई दिलाउनअमेरिका–नेपालबीच सस्तो सेलफोन सुरु गरौं भनेर कोसिस गरेको तर नेपालसरकारले आजसम्म यसको महत्व पहिचान गर्न नसकेको टिप्पणी पाण्डेको छ । दक्षिणएसियाली मुलुकमा  केबल नेपाल र पाकिस्तान मात्र यस्ता मुलुकहुन्, जसले आफ्ना नागरिकलाई आर्इबीओ सेवा दिन आनाकानी गरिरहेका छन् ।

“हाल अमेरिकामा आईबीओ प्रयोग गर्दै मासिक ४७ डलरमा असीमित सेवा प्राप्तगर्न सकिने प्रावधान प्रयोगमा छ । परम्परागत माध्यमबाट यही सुविधा लिनकालागि मासिक ९० डलर तिर्नेहरु पनि छन्” मदरल्याण्ड नेपालका संस्थापक अध्यक्षपनि रहेका पाण्डेले केही समयअघि आईबीओ सम्मेलनमासहभागी भएर आएपछि आईबीओ सेवामा सहभागी हुन नेपाली समुदायमा अभियान नैचलाएको जानकारी दिए ।

क्यालिफोर्नियाको स्यानहोजेमा भएको सम्मेलनमा सहभागी व्यक्तिहरु एसियनकम्पनीका सदस्य हुन् । २१ वर्षदेखि यस प्रकारको सेवा प्रदान गर्दै आएकोएसिएनले २४ देशमा कार्यालय खडागरेर सेबा पुराइरहेको छ ।

विजय थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment