Comments Add Comment

लाजिम्पाटमा स्टाण्डर्ड चार्टर्ड बैंकको विशेष सेवा कक्ष

scb-pic-300x199

७ साउन काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकको लाजिम्पाट शाखा परिसरमा विशेष बैंकिङ कक्ष स्थापना गरिएको छ । उक्त ग्यालरी उद्घाटन नेपालका लागि बेलायती राजदूत एन्डी स्पार्कले गरे ।

आफ्ना उच्चवर्गका ग्राहकलाई लक्षित गर्दै गोप्य तथा व्यक्तिगत सेवा प्रवाहलाई लक्षित गर्दै विशेष कक्ष संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
उक्त कक्षमा आर्ट ग्यालरी समेत रहेको छ । यो कक्षमा ग्राहकहरुले आफुलाई मन पर्ने कलाकारका चित्र समेत खरीद गर्न सक्नेछन् । दृष्टि नामक उक्त ग्यालरीले विशेष गरी नवकलाकारहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्न प्लाटर्फम प्रदान गर्ने लक्ष्य राखेको छ । साथै यसमा आँखा जाँच तथा उपचारको सेवा पनि उपलब्ध रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment