Comments Add Comment

करोडपति भिखारी पक्राउ, करोडौं नगद, गाडी र बहुमूल्य बस्तु बरामद

BEGGAR-CUP
मानिसहरु सडकमा माग्दै बस्ने खानै नपुगेर मात्र हो भन्ने धेरैलाई लाग्दो हो । तर, हालै साउदी अरबमा पक्राउ परेका भिखारीको बिलासी जीवनशैली र धनदौलतबारे जानकारी पाउनुभयो भने तपाईं पक्कै पनि चकित पर्नुहुने छ ।
हालै मदिनाको सडकमा बसेर मागिरहेका एक अधवैंसे पुरुषलाई त्यहाँको प्रहरीले पक्राउ गर्‍यो । साउदीमा माग्नु गैरकानुनी रहेकाले प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै उनकी श्रीमती र साना छोराछोरी पनि पक्राउ परेका थिए ।
तर, अनुसन्धानका क्रममा प्रहरीले ती भिखारीसँगबाट करोडौं रुपैयाँ नगद बरामद गर्‍यो । प्रहरीलाई उदृत गर्दै साउदी गजेट पत्रिकाले जनाएअनुसार उनीसँगबाट ३ लाख अमेरिकी डलर (झण्डै ३ करोड रुपैयाँ), एउटा बिलासी गाडी र बहुमूल्य सामाग्री बरामद गरेको छ ।
महंगा फर्निचर प्रयोग गरिएको भीआईपी अपार्टमेन्टमा उनी बस्ने रहेछन् । बिलासी गाडी चढेर उनी बिभिन्न शहरमा जाने र त्यहाँ पनि माग्ने काम गरेको प्रहरीले पत्ता लगाएको छ ।
ती भिखारी लगानीकर्ताको भिसा लिएर अबैधानिकरुपमा साउदी अरेबियामा बस्दै आएको बताइएको छ ।
प्रहरीले यी संकास्पद र अनौठा भिखारीबारे थप अनुसन्धान गरिरहेको साउदी गजेट पत्रिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment