Comments Add Comment

रिम्पोचेको शव नेपाल ल्याउन दिने सरकारको निर्णय

१३ साउन, काठमाडौं । सरकारले बौद्ध गुरु श्यामार रिम्पोचेको शब नेपाल ल्याउन अनुमति दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले बौद्ध गुरु रिम्पोचेको शब नेपाल ल्याएर अन्तिम संस्कार गर्न दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका रहेका बेला बसेको उपप्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले रिम्पोचेको शब नेपाल ल्याउन अनुमति नदिने निर्णय गरेको थियो । तर मंगलवार बसेको मन्त्रिपरिषद बैठकले यसअघिको निर्णय उल्टाउँदै रिम्पोचेको शब नेपाल ल्याउन स्विकृति दिएको हो ।

सार्वजनिक विदाका दिन प्रायः मन्त्रिपरिषद बैठक बोलाइँदैन । तर गत जेठ २८ गते जर्मनीमा निधन भई हाल भुटानमा राखिएको रिम्पोचेको शव नेपाल अन्तिम स्विकृति दिन प्रधानमन्त्री सुशील कोइरालाले आकस्मिकरुपमा बैठक बोलाएका हुन् ।

थिम्पुबाट त्रिभुवन विमानस्थलमा ल्याई रिम्पोचेको शव रानीवनस्थित शरमिनाव गुम्बामा लगी १५ गते सोही गुम्वा परिसरमा अग्नि दाह गरिने जनाइएको छ ।

को हुन् श्यामार्पा रिम्पोचे ?

 भुटानमा जन्मेर नेपालमा प्रसिद्धि कमाएका बौद्ध धर्मगुरु श्यामार्पा रिम्पोछेकोको ६१ वर्षको उमेरमा जेठ २८ गते जर्मनीमा हृदयघातबाट निधन भयो । rimpocheधर्मगुरु श्यामार्पा रिम्पोछले आफ्नो अन्तिम संस्कार नेपालमै गर्ने इच्छा देखाएका थिए । उनको इच्छा वमोजिम शव नेपालमै ल्याउन उनका अनुयायीले सरकारलार्इ निरन्तर अनुरोध गरेका थिए ।

बौद्ध धर्ममा कर्मपा पछि दोस्रो ठूला धर्मगुरुका रुपमा श्यामार्पा रिम्पोछेलाई मानिन्छ । भुटानमा जन्मेर नेपालमा बसी बौद्ध धर्मको प्रवर्द्दनमा महत्वपूर्ण भूमिका खेलेका रिम्पोछेले काठमाडौंको रानीवनमा करिब ८० रोपनी जग्गामा बौद्ध गुम्बा बनाएका छन् । दिवंगत रिम्पोछे स्यार्मिनुव फाउन्डेशन र योल्मोकाग्यु साङाग् लाछोगहाका प्रमुख संरक्षकसमेत थिए । रिम्पोछेले बनाएको रानीवनस्थित गुम्बामा उनको समाधि राख्ने गरी उनका अनुयायीले शव नेपाल ल्याउने चाहेका थिए ।

बौद्ध धर्मावलम्बी र अन्य धर्मावलम्बीसमेत ठूला धर्मगुरूका रूपमा लिने रिम्पोछेकै हातबाट ०६७ मा काठमाडौंमा भएको प्रथम विश्वशान्ति पूजा गरिएको थियो । विश्वशान्ति पूजामा राष्ट्रपति डा. रामवरण यादव र तत्कालीन गृह एवम् उप-प्रधानमन्त्री विजयकुमार गच्छदार पनि उपस्थित भएका थिए ।

उनको शव ल्याउने विषयमै सरकारकै मन्त्रालयबीच विवाद र मतभेद देखिएको थियो । सरकारले रिम्पोछेको शव नेपाल ल्याउन नदिन हतारमा निर्णय गरेपछि रिम्पोछेबारे नेपाली सेनाले समेत छानविन गरेको थियो । सरकारले रिम्पोछेको सम्बन्ध तिब्बतका धर्म गुरू दलार्इ लामासँग सम्बन्ध रहेको समेत अनुमान गरेको थियो । रिम्पोछेको शव नेपाल ल्याउनेबारे चीनले पनि चासो देखाएपछि समस्या भएको थियो ।

जर्मनीमा मृत्यु भएपछि रिम्पोछेको शव भुटान पनि लगिएको थियो । भुटानी राजपरिवारको इच्छा वमोजिम रिम्पोछेको शव भुटान लगिएको हो । भुटानको थिम्पु हुँदै भारतको कालिङपोङस्थित बौद्धधर्म केन्द्रमा राखिएको रिम्पोछेको शव मंगलबार दिउँसो जहाजबाट काठमाडौं ल्याउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment