Comments Add Comment

भिटोफ नेपालमा चुनावी  सरगर्मी

१३ साउन, काठमाडौं । गाउँ पर्यटन प्रवर्द्दन मञ्च (भिटोफ) नेपालमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शुरू भएको छ । बिहीबारबाट काठमाडौंमा शुरू हुने भिटोफ नेपालको को १८ औं वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने भएकाले पर्यटन व्यवसायीहरू चुनावी मैदानमा उत्रेका हुन् ।chitra_gurungg_Ramprasad

अध्यक्षका लागि प्रथम उपाध्यक्ष चित्रबहादुर गुरूङ र रामप्रसाद सापकोटा भिड्ने भएका छन् । गुरूङ र सापकोटा दुबैले प्यानलै खडा गरेर चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् । अध्यका प्रत्यासी चित्रबहादुर गुरुङले नेतृत्वका लागि रोलक्रमले पनि आफू योग्य भएको दाबी गरेका छन् । प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेकाले अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रेको गुरूङको भनाइ छ ।

भिटोफमा प्रथम उपाध्यक्ष सिंखडा, एक जना सचिव र ५ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्षसहितका अन्य पदमा भने बिहीबारबाट हुने साधरणसभाबाट निर्वाचन हुने भएको छ । अध्यक्षका अर्का प्रत्यासी रामप्रसाद सापकोटाले नेतृत्व गर्न सक्षम भएको जनाउँदै अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । नयाँ नेतृत्वका लागि भिटोफका २ सय ४० जना सदस्यले मतदान गर्नेछन् ।

प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका पर्यटन व्यवसायी ध्रुब सिम्खडाले ग्रामीण पर्यटनको विकासका लागि सक्रिय र सक्षम नेतृत्व चाहिएको बताए । सिंखडाले चित्रबहादुर गुरूङले भिटोफलार्इ सशक्त रूपमा अघि बढाउने दाबी गर्दै यो पटक गुरूङको नेतृत्व जरूरी रहेको तर्क गरे ।

गाउँले पर्यटन प्रवर्द्दनमा सक्रिय भिटोफ नेपालले होमस्टे प्रवर्द्दनका लागि गाउँ पर्यटन दिवस, रोपाइँ जात्रा,नुवाकोटमा गोरु जुधार्इ कार्यक्रम र  र्याफ्टिङ महोत्सवल गर्दै आएको छ । वार्षिक साधारणसभामै १८ औं गाउँ पर्यटन दिवससमेत मनाउने कार्यक्रम भिटोफले तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment