+
+

जानकी फाइनान्सको नाफामा १२५ प्रतिशतले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १३:४३

१३ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७०/०७१ मा जानकी फाइनान्स कम्पनीको खुद नाफा १२५ प्रतिशले बढेको छ । यस अवधिमा फाइनान्सले ८ करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको यस अवधिमा फाइनान्सले ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

फाइनान्सले असार मसान्तसम्म १ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ९१ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । अघिल्लो असार मसान्तसम्म फाइनान्सको १ अर्ब १ करोड निक्षेप संकलन गरी ७० करोड ५० लाख रुपैयाँ लगानी गरेको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी १० करोड ७१ लाख रुपैयाँ पुगेको छ । खराव कर्जा अनुपात ४.८९ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी ६१ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.१७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?