+
+

चीनमा बाँस संग्रहालय सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते २०:१०

२२ भदौ, काठमाडौं । उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको संग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ ।

यी पर्चाहरु अनुसन्धानका क्रममा भेटिएपछि पहिलो पटक सर्वसाधारणका लागि खुला गर्ने भएको हो । करिब २ हजार वर्ष पुरानो हान राजवंशको बेलाका बाँसमा कुँदिएका सामग्रीहरु फेला परेपछि पहिलो पटक बाँसको संग्रहालय खोलेर ती पर्चाहरु प्रदर्शनमा ल्याउन लागिएको हो ।

बाँस चीनमा पहिलो पुस्तकको रुपमा चिनिन्छ । चीनमा बाँसमा नै कागजको उत्पत्तिअघि लेखन सामग्रीका रुपमा प्रयोग हुने गर्दथ्यो । बाँसका पुराना पर्चाहरुमा सो बेलामा भएको कुराकानीहरु, साहित्यहरु लेखिएको छ ।

संग्रहालय शनिवार मात्रै सर्वसाधारणका लागि खुला गरिने बताइएको छ । हेक्सी करिडोरको छेउमा अवस्थित उत्तरपश्चित चीनको प्राचिन सिल्क रोडको एक भागका बारेमा बाँसका पर्चाहरुमा लेखिएको छ ।सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?