Comments Add Comment

भीआईपीका अंगरक्षकलाई गोली हान्ने अधिकार

१४ साउन, काठमाडौं । अतिवशिष्ट व्यक्ति र उच्चपदस्थका अंगरक्षकले सुरक्षाका लागि गोली प्रहार गर्नेसम्म अधिकार पाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भीआईपी सुरक्षासम्बन्धी ऐन पारित गर्दै यस्तो अधिकार दिएको हो ।
बैठकले विस्तृत छलफलका लागि उक्त ऐनलाई मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णयसमेत गरेको छ । समितिले आवश्यक परे केही परिमार्जन गरी व्यवस्थापिका संसदमा पेस गर्ने अन्नपूर्ण पोस्टमा खबर छ । भीआईपीहरु विवादमा परेर अलोकपि्रय हुँदै गएको अवस्थामा व्यक्तिगत सुरक्षा चुनौती थपिँदा यस्तो काुनन बनाउन लागिएको हो ।
हालसम्म भीआईपीका सुरक्षाकर्मीले आफ्नो सुरक्षा खतरा आएमात्र आत्मरक्षाका लागि हतियार चलाउन पाउने व्यवस्था छ ।
कानुन अभावमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका अंगरक्षकले गोली चलाउँदा भएको घटना कानुनी कारबाही भाग्दै थुनामा बस्नुपरेको, पुर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकर्ताले झापड हान्दा होस् वा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीमा झापड हान्दा अंगरक्षकले गोली चलाउन नसकेको जस्ता घटनाक्रमले अंगरक्षकलाई यस्तो अधिकार दिनुपरेको तर्क गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment