Comments Add Comment

कुवेतमा सडक दुर्घटना, २ नेपालीको मृत्यु

accident-kubet

नबराज पन्थी
कुवेत  । कुबेतमा भएको सडक दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।
अब्दुल अल रसिद कम्पनीमा कार्यरत कामदारहरुको गाडी डिउटी जाने क्रममा अब्दुला सालिम भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो । मंगलबार बिहान कम्पनीका कामदारहरु सवार उक्त गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि ठुलो दुर्घटना हुन पुगेको थियो। ज्यान गुमाउनेहरुमा पाल्पा घर भएका गाडी चालक विजय बहादुर बिश्वकर्मा र उक्त गाडीमा रहेका पाल्पा कै लेख बहादुर ठाडाको घटनास्थल मै ज्यान गएको छ।
सक्त घाइते भएका स्याङ्जाका नगेन्द्र मानन्धर मुबारक हस्पिटलमा र अर्का घाइते पाल्पा घर भएका केसरसिंह रानाको अमेरी हस्पिटलमा आईसियुमा राखी उपचार गराउदै गरेको कुरा घाइते नगेन्द्रका मामा केशर श्रेष्ठले जानकारी दिए । ५ जना सवार रहेको उक्त गाडीमा ४ जना नेपाली र एक जना बंगाली नागरिक रहेको बुझिएको छ । जसमा बंगाली नागरिकको समेत घटना स्थल मै मृत्यु भएको थाहा भएको छ।
मृतक र घाईतेहरुलाई गाडी नै काटेर कस्टपुर्वक तरिकाले निकाल्नुपरेको प्रत्यक्षदर्शीले बताएका छन । यद्यपी इदको सार्वजनिक बिदा भएको कारण नेपाली दुताबास कुबेतले दुर्घटनाको आधिकारीक प्रमाणित गर्न बाकिँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment