Comments Add Comment

पाकिस्तानमा समुद्रमा डुबेर १९ को मृत्यु, चार बेपत्ता

१५ साउन, कराँची । पाकिस्तानको ठूलो सहर कराँचीको एक समुद्रमा १९ व्यक्तिको डुबेर मृत्यु भएको छ । सरकारी अधिकारीहरुले सो जानकारी बिहीबार दिएका छन् । सो घटनामा अन्य चार जना बेपत्ता भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पौडीका लागि प्रतिबन्ध लगाइएको सामुदि्रक क्षेत्रमा ती व्यक्ति पौडी खेल्न गएकाले सो घटना भएको बताइएको छ ।

समुद्रको पानी बाट १९ व्यक्तिको शव निकालिएको र अन्य चार जनाको खोजी कार्य भइरहेको सहरका प्रमुख प्रशासक सोआइब अहमद सिद्दिकीले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

इदको बिदा मनाउने क्रममा  हजारौँ व्यक्तिले समुद्रमा पौडी खोलिरहेको अवस्थामा सो घटना भएको समाचारमा उल्लेख  छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment