Comments Add Comment

कुखुराको मासुमा पनि अधिक औषधि !

१७ साउन, काठमाडौं । कुखुराको मासुमा ८० प्रतिशतसम्म ‘एन्टिबायोटिक’ औषधिको मात्रा भेटिएको छ । पशु स्वास्थ्य निर्देशनालयअन्तर्गत भेटनरी जनस्वास्थ्य कार्यालयले असरा अन्तिममा मासुमा एन्टिबायोटिक औषधिको अवशेषबारे अध्ययन गरेको थियो । पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोग निकै हानिकारक मानिन्छ । थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगबाट बचाउन मापदण्डभन्दा बढी औषधि प्रयोग भएको हुनाले समस्या आएको पशुविज्ञको ठहर छ ।
कार्यालयले काभ्रे, भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न पसलबाट कुखुराको मासु र कलेजोको ५०/५० वटा नमुना संकलन गरेको थियो । संकलित नमुना अध्ययनपछि कार्यालयले साउनको दोस्रो साता निष्कर्षसहित प्रतिवेदन तयार गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिवेदनअनुसार मासु र कलेजोका ती नमुनामध्ये झन्डै ८० प्रतिशतमा नेपालसहित अन्य मुलकले आयात र प्रयोगमा प्रतिबन्ध लगाएको अत्यन्त हानिकारक मानिने एन्टिबायोटिक औषधिको अवशेष छ । नमुनामध्ये मासुमा ४० प्रतिशत र कलेजोमा ६० प्रतिशत औषधिको अवशेष पाइएको छ । स्रोतले भन्यो, ‘हामीले शरीरलाई स्वास्थ्य पोसिलो भनेर प्रयोग गर्दै आएको मासुले झन नकारात्मक असर पुर्‍याउँदै आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment