Comments Add Comment

शाखा अधिकृतले नै चलाउँछन् दूतावास

६ भदौ, काठमाडौं । नेपालका विदेशस्थित ३२ नियोगमध्ये १६ वटा राजदूतविहीन छन् । सरकारले राजदूत नभएका नियोगमा शाखा अधिकृत र उपसचिवलाई कार्याबाहक राजदूतको जिम्मेवारी दिएको छ ।

तीन मुलुकमा शाखा अधिकृत कार्यबाहक राजदूत छन् भने बाँकी आठ नियोगमा उपसचिव र दुई देशमा सहसचिव कार्यबाहक राजदूत छन् । भारत र अमेरिकामा सहसचिवले कार्यबाहकको जिम्मेवारी सम्हालिरहेको नयाँ पत्रिकामा खबर छ ।

हाल फ्रान्स, अमेरिका, जेनेभा, ब्राजिल, जर्मनी, थाइल्यान्ड, भारत, इजिप्ट, कतार, कुवेत, साउथ अफि्रका, श्रीलंका, क्यानडा, बेलायत, ओमन र बहराइनमा राजदूत छैनन् । क्यानडामा दिलीपकुमार पौडेल, फ्रान्समा रामबाबु ढकाल, जर्मनीमा प्रकाशमणि पौडेल, कुवेतमा विशाल भट्टराई, कतारमा गणेश ढकाल, साउथ अफि्रकामा विष्णुप्रसाद गौतम,थाइल्यान्डमा डोरनाथ अर्याल, बेलायतमा तेजबहादुर क्षेत्री कार्यबाहक राजदूत छन् । उनीहरु सबै उपसचिव हुन् । उनीहरु उपनियोग प्रमुखका रुपमा ती देश पुगेका हुन् ।

यसैगरी श्रीलंकामा रामसिंह थापा, ब्राजिलमा ऋषि आचार्य र इजिप्टमा कौशलकिशोर राय कार्यबाहक छन् । उनीहरु शाखा अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment