Comments Add Comment

मलेसियामा हर्कबहादुर निरौलाको निधन, श्रमिकहरुले काम रोके

रामचन्द्र नेपाल

क्वालालम्पुर । मलेसियामा एक नेपालीको ज्यान गएको छ । झापाको चकचोक घर भइ रोजगारीको लागि जोहोरको तिव्राउमा रहेको जेसिवाई कम्पनीमा कार्यरत ३३ वर्षीय हर्कबहादुर निरौलाको बिहीबार साँझ ज्यान गएको हो ।
कम्पनीले उपचारमा ध्यान नदिएको भन्दै कम्पनीमा कार्यरत डे सिफ्टका श्रमिकहरुले कामकाज रोकेका छन । रोजगारीको लागि ६ महिना अगाडि इण्टरनेशनल मेनपावरबाट मलेसिया आएका निरौला करीव दुई महिना अगाडिदेखि विरामी थिए ।
निजले आफनै खर्चमा उपचार गर्दै थिए । केहि दिन अगाडि मात्रै स्थानीय अस्पतालमा उपचार गराउन जाँदा डक्टरले रिपोर्ट म्यानेजमेण्टलाई दिनु भनेको भएपनि म्यानेजमेण्टले अफ डे को दिनमा उपचार जानु भनेको उक्त कम्पनीमा कार्यरत श्रमिकहरुलाई उदृत गर्दै अनलाइनखबर प्रतिनिधि भीम तामाङले जानकारी गराएका छन् ।

बिहीबार दिउँसो विरामीले च्यापेपछि साथीभाईको सल्लाह वमोजिम उनी जोहोरको सुल्तान इस्माइल अस्पताल पुगेका थिए । उपचार गर्न थालेको दुई घण्टामै निरौलाको ज्यान गएको हो ।

उक्त कम्पनीमा करीव १५ हजार भन्दा धेरै नेपाली कार्यरत रहेको वताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment