Comments Add Comment

कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

quatar-teej

घनश्याम पराजुली
दोहा । कतारको दोहास्थित सल्वा रोडमा रहेको क्वालिटी हाईपरमार्केमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गैर आवासिय नेपाली तारा २०१४ को विजेता गायिका इन्दीरा शाहले सांगीतिक प्रस्तुती पस्केकी थिइन् । उनले गाएको ‘ढल्की ढल्की नाचौकी झै लाग्छ’ बोलको गीतले सहभागीहरुलाई नचाएको थियो ।

त्यस्तै रातो सारी लगाएर भेला भएका नेपाली चेलीबेटीहरुले ‘अहिलेको तीजमा छमछम नाच्ने हो’ बोलको गीतमा नाचेका थिए ।
कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गर्दै गायक डोलराज परियारले ‘आउन वरवर, लप परेको छ र’ भन्ने गीतमा भाका हालेर गाउँदै उपस्थित सबैलाई नचाएका थिए । माया परियारको नृत्यले कार्यक्रममा थप रौनक थपेको थियो । त्यस्तै कार्यक्रममा नन्द परियार र अजित कुमारले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायक अविरल अजित , मोहन शाह , सन्दीप रसाईली, कविता तामाङ्ग तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
गुल्मी सेवा समाजका अध्यक्ष शीव खड्काको अध्यक्षतामा भएको कार्यक्रम गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष टीबी कार्कीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment