Comments Add Comment

कामतानाथ मन्दिरमा भागदौड मच्चियो, १० को मृत्यु

९ भदौ, काठमाडौं । भारत मध्यप्रदेशको सतना जिल्ला चित्रकूटस्थित कामतानाथ मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला बढी छन् ।
घटनामा ६० जना घाइते भएका छन् ।
मंगलबार विहान मन्दिरमा हजारौं श्रद्धालु जम्मा भएका थिए । विहान ६ बजे मन्दिरको मुख्य द्धार नजिकैबाट भागदौड सुरु भएको थियो । कारण भने खुलेको छैन ।
राज्य सरकारले भागदौडमा ज्यान गुमाउनेको परिवारलाई २-२ लाख र घाइतेलाई ५०-५० हजार राहत दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment