Comments Add Comment

शुक्रवारको दैनिक पत्रिकामा बिजनेश खबर

शुक्रवार राजधानीबाट प्रकाशित हुने आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुको खबर प्रकाशित गरेका छन् ।

कारोबार दैनिकमा ‘अहिलेकै अवस्थामा विकासशील बन्न असम्भव’ भनी विश्लेषणात्मक खबर प्रमुख खबरको रुपमा छापिएको छ । लगानी वातावरणमा ब्यापक सुधार नआएर आगामी ८ वर्षमा नेपाललाई अतिकमविकसित मुलुक -एलडीसीं) बाट विकासशील बनाउने सरकारी योजना पूरा नहुने देखिएको छ । सन् २०२२ सम्म नेपाललाई विकासशील मुलुकको दाँजोमा पुग्न आवश्यक ९७ खर्ब रुपैयाँ पुँजीगत रकम मध्ये ६६अर्ब निजी क्षेत्रबाट लगानी गर्ने लक्ष्य छ ।

यस्तै, सिंगल इन्जिन जहाजबाट यात्रु बोक्न प्रतिबन्ध-सीता र एयर काष्ठमापण्डप कार्गोमा घटुवा, नेप्से २ दिनमै ५० अंकले बढी, ४३४ प्रज्ञापनपत्र नक्कली, ४६ हजार परिवारलाई डेढ अर्ब विपन्नवर्ग कर्जा लगायतका खबर कारोबार दैनिकमा छ ।

आर्थिक दैनिकले ‘चौधरीद्वारा कम्पनी निष्त्रिmय देखाएर करोडौं राजस्व छली’ शीर्षकमा मुख्य खबर छापेको छ ।
अर्बौं रुपैंयाँको ‘हेभी इक्वीपमेन्ट’ प्रयोगविहीन, ६२ हजार मध्ये ८ हजार मात्रै कोरिया जान पाउने, राजस्व असुल्न महानगरपालिका उदासिन लगायतको खबर आर्थिक दैनिकले छापेको छ ।

अन्नपूर्ण पोष्टले ‘रोगी पशुपन्छी रोक्न सीमा क्वरेन्टाइनमा कडाइ, आन्तरिक बजारमा पनि स्वास्थ्य टोली खटाइने’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने पशुपन्छीको स्वास्थ्य परिक्षण कडाइका साथ गर्न निर्देशन दिएको छ ।
यसैगरी, ग्याँस कोटा बढाउन ब्यवसायीको दबाब, प्रोबायोटेकमा आईएफसीको४० करोड लगानी, फस्टाउँदै साना हेलिकोप्टर ब्यवसाय लागतयका खबर अन्नपूर्ण पोष्टले छापेको छ ।

नागरिक दैनिकले सिई कन्ट्रक्सनले घरजग्गा ब्यवसायमा लगानी वृद्धि गर्न लागेको विषयलाई प्रमुख खबर बनाएको छ । सिई कन्ट्रक्सनले घरजग्गा ब्यवसायीमा थप चार अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले उक्त लगानीमा उपत्यकाका चार स्थानमा तीन सय ८५ वटा हाउजिङ् निर्माण गर्ने योजना बनाएको छ ।

यस्तै, पेट्रोल पाइपलाईन भारतले उपहारको रुपमा बनाईदिने, गरगहना निर्देशिका चाँडो ल्याउन माग, औद्योगिक क्षेत्र खोजन निजी क्षेत्रको पहल लगायतको खबर नागरिकले छापेको छ ।

 

aarthik-eco

annpurna-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment