Comments Add Comment

शम्भुको अनुभव -‘गरिमा सुन्दर, दीकपाल ह्यान्डसम’

garima-dikpal-and-sambhu

छेउमै सुन्दर हिरोइन गरिमा पन्त र ‘ह्यान्डसम’ कलाकार दीकपाल कार्कीलाई राखेर १२ बर्षपछि सिनेमा नगरीमा फर्केका निर्देशक शम्भु प्रधान आफ्नो अनुभव सुनाउँदै थिए । १२ बर्षपछि सिनेमा नगरीमा आउँदा समय फेरियो, अवस्था फेरियो, सिंगो एउटा जेनेरेशन नै फेरियो ।

शम्भु आज आफू केही सिकिरहेको छु कि भन्ने महशुश गर्दैछन् । नायिका गरिमा पन्त शम्भुसँग काम गर्न पाउँदा आफू निक्कै खुशी भएको अनुवभ सुनाउँदै थिइन् । यता यसै सिनेमाबाट चलचित्रको मुख्य कलाकार बनेका मोडल दीकपाल एक महिनासम्म शम्भुको घेरामा परेको अनुवभ मिडियासँग साट्दै थिए ।

करिब एक महिनासम्म अभिनयको अडिशन र स्किन टेष्टले दीकपाल फिल्ममा खेल्न पाउँछु या पाउँदिन भन्ने दोधारमा थिए । तर एक महिनापछि ह्यान्डसम केटाको खोजी गरिरहेका शम्भुले हुन्छ भनेपछि दीकपालले नयाँ परिचय पाए ।

‘म हरेक सिनेमामा नयाँ कलाकार र प्राविधिक लिन रुचाउँछु, यो कुनै जोखिम होइन’, शम्भुले भने । बलिउडका सफल छायांकार विनोद प्रधानसँग सिनेमा खिच्न सिकेका शम्भुका छोरा ससांक प्रधान ‘रंग बैजनी’मा अझै धेरै गर्न सक्थे कि भन्ने अनुभव साट्दैथिए ।

हिरोइनको छनोटका बिषयमा पनि शम्भुको रमाइलो विगत छ । सुरुमा उनी सिनेमामा छोरी ईश्वरी प्रधान र रेखा थापालाई लिन चाहन्थे । तर छोरीले एक महिना नेपाल आएर सिनेमा खेल्न नमानेपछि रेखालाई पनि उनले अटाउन सकेनन् । ईश्वरी र रेखासँगै हुर्केकाले पनि शम्भुको रोजाइमा यो जोडी परेको हो । यसपछि उनी चल्तीका नायिका खोजीमा लागे । गरिमा पन्त र सुमिना घिमिरे, ईश्वरी र रेखाले काम नगरेपछि ‘रंग बैजनी’मा छानिएका हुन् ।

शम्भु सिनेमा चल्नुअघि नै चलचित्रको च्यारेटी गर्ने सोचमा छन् । ‘कलाकारदेखि सबैलाई टिकट बेच्न लगाउछु । उठेको पैसा सिनेमा नगरीमै दुख पाएका या अभावमा रहेका कुनै कलाकारको परिवारलाई दिन्छु’, उनले भने ।

नायिका गरिमा पन्तले चलचित्रको छायांकन सकिएपछि एउटा परिवारलाई मिस गरिरहेको बताउँदै गर्दा नायिका सुमिना घिमिरे पनि हङकङमा थिइन् । ranga-baijani-team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment