+
+
Shares

एसियाडमा भारतलाई पहिलो स्वर्ण नेपालीले दिलाए

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ४ गते १८:४५

Jitu-Rai

४ असोज, इन्चोन । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुदमा भारतले पहिलो स्वर्ण जितेको छ । तर, भारतलाई स्वर्ण दिलाउने व्यक्ति भने नेपाली हुन् ।

जितु रार्इले ५० मिटर पेस्तोलको प्रतिपर्धामा भारतलाई स्वर्ण दिलाएका हन् । भियतनामका न्यूयेन होङ्गले दोस्रो भए ।

तर, उनले एक समय रार्इलाई कडा टक्कर दिए र एक समय दुबैको स्कोरको बीचमा ०.२ को अन्तर थियो । तर, अन्तिम दुई प्रयासमा जितुले होङ्गलाई ५.८ का विरुद्ध ८.४ को स्कोर बनाएर स्वर्ण जिते ।

भारतीय सेनामा जितुले राष्ट्रमण्डलमा पनि भारतलाई स्वर्ण दिलाएका थिए । संखुवासभामा जन्मिएका जितु ८ वर्षअघि भारतीय सेनामा भर्ना भएका थिए ।

उनलाई अहिले भारतको पेप्तोल किङको नामले चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?