Comments Add Comment

रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिड विजयी

Cristiano Ronaldo

५ असोज, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभोलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले ८–२ को फराकिलो जित हात पारेको हो ।

डिपोर्टिभोको घरेलु मैदानमा भएको खेलमा रियलले २९ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा सुरुवात अग्रता लिएको थियो ।

३६ औं मिनेटमा जेम्स रोड्रिग्वेजले अग्रता दोब्बर पारे । ४१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड ३–० को अग्रता लिन सफल भयो । रोड्रिग्वेज र रोनाल्डोको दोस्रो गोलको पास करिम बेन्जिमाले दिएका थिए ।

दोस्रो हापको ५१ औं मिनेटमा डिपोर्टिभोले पेनाल्टीमार्फत गोल ग¥यो । तर, ६६ र ७४ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई ५–१ को अग्रता दिलाए ।

खेलको ७८ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरे । उनलाई रोड्रिग्वेजले पास मिलाएका थिए । खेलको ८४ औं मिनेटमा डिपोर्टिभोका टोचेले गोल गरे ।

तर, ८८ औं र अन्तिम मिनेटमा जाभियर हर्नान्डेजले गोल गरेपछि रियल ८–२ को जित निकाल्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment