Comments Add Comment

माल्भिकाले भनेकी थिइन्- म त राजावादी मान्छे हो

Malvika and Priyanka

७ असोज, काठमाडौं । नेपालका नेताहरु ठूलो स्वरले भाषण गर्छन् । तर, आफ्नो भाषणले समाजमा विवाद ल्यायो भने उनीहरु सहजै भन्दिछन्- मैले बोल्दै नबोलेको कुरो मिडियाले छापेछ ।

त्यसरी नेताले बोलेको अडियो वा भिडियो फुटेज नै मिडियामा आइसकेको हुन्छ, तैपनि उनीहरु निर्लज्ज भएर भन्छन् कि मैले बोल्दै नबोलेको कुरो मिडियामा आयो ।

पछिल्लो समय नेताले मात्रै होइन, सेलिब्रेटीहरुले पनि आफ्नो कमजोरी लुकाउन मिडियालाई दोष देखाउन थालेका छन् । सार्वजनिक कार्यक्रममा आफ्नो लुगा स्याहार्न नसकेका कतिपय नायिकाले आफ्नो कमजोरी लुकाउन नेताहरुको सिको गर्दै मिडियालाई गाली गर्ने क्रम सुरु भएको छ ।

एनसेल साहित्यिक फेस्टिबलको अन्तिम दिन सोमबार राजधानीमा यस्तै विषयमा एउटा बहस भयो । बहसमा थिए पूर्व मिस नेपालसमेत रहेकी नायिका माल्भिका सुब्बा र प्रियंका कार्की । सो बहसमा माल्भिका सुब्बाले गत साल अनलाइनखबरमा आफूले दिएको अन्तरवार्ताको प्रशंग कोट्याइन् ।

सोमबारको बहसको विषय थियो, मिडियामा बनाइने सेलिब्रेटीको गसिव र त्यसले उनीहरुमाथि पार्ने असर । त्यहाँ माल्भिकाले अनलाइनखबरको अन्तरवार्ताको जुन प्रशंग कोट्याइन्, त्यो कुनै गसिब थिएन ।

माल्भिकाले अनलाइनबखरको अन्तरवार्तामा राजा मनपर्छ मात्रै भनेकी थिइनन्, बरु उनले आफू डेफिनेट्ली राजावादी भएको सगर्व बताएकी थिइन् ।
अन्तरवार्तामा उनले भनेकी थिइन्- ‘म त राजावादी मान्छे हो डेफिनेट्ली । हामी हुर्केकै राष्ट्रियता र राजाको बारेमा गुणगान गाएर हो । सानैमा त्यस्तोमा हुर्केको मान्छेले अहिले एक्कासी आएर राजा छैनन् र राजा मान्दैनौं भन्ने कन्सेप्टमा जानै चाहँदैनौं ।’
हेर्नुहोस् भिडियो

त्यसबेला माल्भिकाले भनेकी थिइन् ‘हामीले नयाँ नेताहरुबाट आशा नगरेको पनि होइन । बाबुराम भट्टराईबाट आशा गरें । माधव नेपालबाट आशा गरें । तर, आखिरमा हुन केही पनि सकेन । उहाँहरुले पनि हार मानेर सत्ता छाडिदिनुभयो ।’

माल्भिकाले बोलेकै शब्दलाई टिपेर अनलाइनखबरमा हेडलाइन बनाइएको थियो । तर, सुब्बा आफैंले बोलेको ‘म त राजावादी मान्छे हुँ’ भन्ने विषयलाई लिएर ठूलो हंगामा मच्चियो, जसले गर्दा माल्भिकालाई निकै दिन टेन्सन भयो ।

आफूलाई मनमा लागेको कुरो बोल्दा उनीमाथि जुन ढंगको वैचारिक हमला भयो, त्यो उनको जीवनमा बिर्सैन नसकिने घटना बनेको उनले सोमबारको बहसमा स्वीकारिन् । तर, यो मिडियाको गसिबसँग सम्बन्धित विषय नै थिएन, समाजसँग सम्बन्धित विषय थियो । राजनीतिसँग सम्बन्धित मुद्दा थियो ।

अनलाइनखबरमा प्रकाशित अन्तरवार्तालाई सम्झँदै माल्भिकाले सोमबार यस्तो प्रतिक्रिया दिइन्- ‘लाष्ट इयर मैले अनलाइनखबरका लागि इन्टरभ्यू दिएकी थिएँ, त्यसमा तपाईलाई राजा मन पर्छ कि पर्दैन भन्ने प्रश्न सोध्नुभएको थियो । मैले राजा मनपर्छ, किनभने हामी राजामै ‘एरा’मा जन्मिएका व्यक्तिहरु हौं त्यसैले मनपर्छ भनेकी थिएँ । मनपर्छ भनेको वापतचाँहि माल्भिका सुब्बा राजावादी हो भनेर…. एट्याक भयो ।’
हेर्नुहोस् भिडियो

माल्भिकाले राजनीतिक नेताले जस्तै ‘मैले बोल्दै नबोलेको कुरो मिडियामा आयो’ भन्ने अभिव्यक्ति चाँहि दिइनन्, जुन उनको इमान्दारिता हो । आफूले बोलेको कुरालाई लिएर भएको ‘एट्याक’ मा मात्रै उनको गुनासो देखिन्थ्यो ।

तर, भिडियोमा उनी आफैंले बोलेको ‘म त राजावादी मान्छे हो डेफिनेट्ली’ भन्ने शब्दको प्रभाव खप्न नसकेर उनी विचलित भइन् ।

ऐनसेल साहित्यिक बहसमा सहभागी नायिका प्रियंका कार्कीले उपरखुट्टी लगाएर बसिरहेका बेला खुट्टा दुखेर यसो खुट्यो झिक्यो भने केही देखिने र मिडियाले खिचिहाल्ने गुनासो गरिन् । तर, यस्तो बिजोग हुने गरी लुगा लगाएरै सार्वजनिक कार्यक्रममा बस्नुपर्ने वाध्यता चाँहि नबताई उनले मिडियालाई दोष लगाइन् ।

यो विषयमा माल्भिका भने निकै सचेत देखिइन् । उनले पहिरनमा आफैंले विचार पुर्‍याउनुपर्ने बताइन् । तर, यस विषयमा माल्भिकाको अनुभवबाट धेरैले पाठ सिक्न सक्ने देखिएको छ ।

आखिर कुनै राजनीतिक नेता हुन् वा सेलिब्रेटी, उनीहरुले मिडियामा आउँदा वा सार्वजनिकस्थलमा प्रस्तुत हुँदा संयमता पो अपनाउने हो कि ? आफैंले बोलेको विषय समाचार बन्दा मिडियाले बंग्यायो भन्दै ‘फेस सेभिङ’ नगर्ने पो हो कि ? आफू हिँड्न जान्दैनन्, आँगन टेढो भन्ने आहानजस्तो नगर्ने हो कि ?

यस वर्ष नयाँ बहस जन्माएर सोमबारबाट सकिएको छ यस वर्षको एनसेल फेस्टिवल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment