Comments Add Comment

म्याग्दीमा जीप दुर्घटना, मृतकको संख्या १३ पुग्यो

७ असोज, काठमाडौं । म्याग्दीको हिस्तान गाविसको गिद्धेश्वर मन्दिर नजिक मंगलबार जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

राम्चेबाट बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप भीरबाट खसेको थियो ।

दुघर्टनामा जीपमा सवार सबैको मृत्यु भएको डीएसपी जनार्दन बीसीले बताएका छन् । ‘ठूलो भीरमा दुर्घटना भएको रहेछ’ घटनास्थलमा रहेका उनले भने-‘शवहरु पनि छरिएको छ । कोही भीरमा अडि्कएकाले डोरी लगाएर निकाल्नु पर्ने अवस्थामा छ ।’

मृत्यु हुनेमा बागलुङ घर भई म्याग्दीको राम्चे गाविसमा कार्यरत गाविस सचिव शालिग्राम सापकोटा, उनका भाई वैकुण्ठ सापकोटा, भवन डिभिजन कार्यालय, बाग्लुङका इन्जिनियर डिल्ली श्रेष्ठ र सुपरभाइजर हेमन्त सिउँथानी छन् ।

यस्तै राम्चे स्वास्थ्यचौकीमा निर्माणाधीन भवनका ठेकेदार रामबहादुर खत्री (अर्जुन), बाग्लुङका सुमित मलेपति, राम्चे काफलडाँडाका चालक डमबहादुर पुर्जा, राम्चे-३ का सुरेश गर्बुजा र राम्चे-४ का याममायाँ पूर्जाको पनि दुर्घटनामा मृत्यु भएको छ । अन्यको भने सनाखत भएको छैन ।

दुर्घटना स्थल सदरमुकामबाट एक घन्टामा गाडीमा गएपछि केही घन्टा हिडेर मात्र पुगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment