Comments Add Comment

साउनमा ४२ अर्ब रेमिटान्स भित्रियो

Nepali money१४ असोज काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा नेपालमा ४२ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको २३।८ प्रतिशतको वृद्धिको तुलनामा यो अवधिमा ०।८ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको १४।१ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ०।१ प्रतिशतले वृद्धि भइ ४३ करोड ४९ लाख डलर पुगेको छ।

यस्तै गत वर्ष १२।७ प्रतिशतले बढेको एफओबी मूल्यमा आधारित वस्तु व्यापार घाटा समीक्षा अवधिमा १५।८ प्रतिशतले बढेर ४९ अर्ब ५३ करोड पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ।

साउन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७१ असार मसान्तको ६ खर्ब ६५ अर्ब ४१ करोडको तुलनामा १.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ७३ अर्ब ८० करोड पुगेको छ राष्ट्र बैंकले जनाएको छ।कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७१ असार मसान्तको ५ खर्ब ७२ अर्ब ४० करोडको तुलनामा २०७१ साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७९ अर्ब ३८ करोड पुगेको छ।

अमेरिकी डलरमा भने बैकिङ्ग क्षेत्रको कुल सञ्चिति २०७१ असारदेखि २०७१ साउन मसान्तसम्ममा ०.२ प्रतिशतको सीमान्त दरले वृद्धि भई अमेरिकी डलर ६ अर्ब ९५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment