Comments Add Comment

लिग लिग दौडको उपाधि अनिशलाई

१४ असोज, काठमाडौं । भारतीय सेनामा कार्यरत अनिश थापा मगरले पुरुषतर्फ पाँचौं लिग लिग दौडको उपाधि मंगलबार जितेका छन् । अनिशले १३.२ किलोमिटर दूरी ५६ मिनेट ४३ सेकेन्डमा पूरा गरे ।

नेपाल प्रहरी क्लबका भूमिराज राईले निर्धारित दूरी सकाउन ५९ मिनेट ०२ सेकेन्ड खर्चदै दोश्रो स्थानमा दौड टुंगाए । १ घण्टा ४ सेकेन्ड टाइमिङसाथ नेपाली सेनाका राजन खत्रीले तेश्रो स्थानमा चित्त बुझाए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार ५०५, २५ हजार २०५ र १० हजार १०१ रुपैयाँ जिते ।

लिग लिग कोट विकास अभियानद्वारा आयोजित दौडको महिला ५ किलोमिटरमा धादिङकी सन्तोषी श्रेष्ठ शीर्ष स्थानमा रहिन् । सन्तोषले ४० मिनेट ३५ सेकेन्ड समय लगाइन् । विजेश्वरीकी संगीता खड्का दोश्रो र अमिशा श्रेष्ठ तेश्रो भए ।

स्थानियको १३.२ किलोमिटर पुरुष दौडमा दीपक सुनवार पहिलो, सन्तोष गिरी दोश्रो र सन्दिप शाही तेश्रो बने । महिला र स्थानियमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार जिते ।

दौडमा ९ महिलासहित १ सय १९ प्रतिस्पर्धी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment