Comments Add Comment

बिदामा घुम्न जाने योजनामा हुनुहुन्छ ? यी ठाउँ अबश्य पुग्नुहोस्

यो मौसम घुमघामका लागि उपयुक्त हो । न जाडो, न गर्मी यो मौसममा घुमघाम साँच्चिकै आनन्ददायक हुन्छ । त्यही कारण पनि यतिबेला मुलुकको पर्यटन उद्योगमा सिजन लाग्छ  । तर, अब घुमघाम बिदेशीको शौखको बिषयमात्र रहेन, नेपालभित्रै पनि आन्तरिक पर्यटन फैलदो छ ।

यदि तपाई  छुट्टी लिएर आनन्दले घुम्ने यो उपयुक्त मौसम हो । हामी तपाईलाई केही आन्तरिक पर्यटन गन्तब्यबारे जानकारी दिँदै छौं जसले तपाईलाई योजना बनाउन सजिलो हुनेछ ।

खप्तड

khaptad 1

प्राकृतिक सुन्दरको अनुपम उपहार हो खप्तड । चिसो मौसमा सेताम्य हिउँले ढाकिन्छ भने बैशाख जेठमा रंगीचंगी फूलले हराभरा देखिन्छ । खप्तड क्षेत्रको प्रमुख बिशेषता भनेको विशाल हिमाली फाँटहरुमा फुल्ने यिनै सप्तरंगी फूलबारी हुन् ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिबेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रमा ठुला साना गरि २२ वटा फँाटहरु छन् ।

यस क्षेत्रमा ४ रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । नेपालमा पाईने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाईन्छ । प्रकृतिको यो अनौंठो संग्रहालयमा ५ सय ६७ प्रजातीका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन् ।

कसरी पुग्ने खप्तड ?

काठमाण्डौदेखि धनगढी ६५० किमी बसमा यात्रा गरेपछि धनगढीबाट डोटीको सिलगढीसम्म बसमा ८ घण्टा थप बसको यात्रा गर्नुपर्छ । त्यसपछी सुरु हुन्छ पैदल यात्रा । बगलेग सम्म जिप चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ ।

डोटीको सिलगडीदेखि सुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना, दोस्रो दिन खप्तड राष्ट्रिय निकुन्ज प्रवेशसँगै त्रिबेणी मन्दिर पुगिन्छ ।

रारा

rara-1
रारा सबै नेपाली पुग्न चाहने आलौकिक सुन्दरताले भरिपूर्ण पर्यटकीयस्थल हो । समुन्दि्र सतहबाट २ हजार ९ सय ९० मिटर उचाइृमा अवस्थित रारा तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाईन्छ । रारा तालको पुरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घाम किरण अनुसार राराले आफ्नो रंग फेर्ने गर्दछ । नेपालको सबै भन्दा ठुलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनु पर्ने हो त्यति हुन सकेको छैन । तर, स्वदेशी पर्यटकको भने निकै उल्लेखनिय आगमन हुने गरेको छ ।

कसरी पुग्ने ?
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रा पश्चात पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट ३ घण्टाको पैदल दुरीपश्चात रारा ताल पुग्न सकिन्छ । अर्को मार्ग-सुर्खेतदेखि दुई दिनको बस यात्रापछि पुगिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ राराताल ।

बर्दिया

bardiya-(2)

वर्दिया तराईको सबै भन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो । ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुन्ज बाघ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान पनि हो । नेपालको सबै भन्दा लामो नदी कणर्ाली र बबई नदीको विचमा निकुन्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको हो ।

निकुन्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चरा चुरुगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातीका माछाहरु पाईने गर्दछ ।

वर्दीयमा राष्ट्रिय निकुन्ज मात्र नभएर थारु संस्कृतिका लागि निकै प्रख्यात रहेको छ । बर्दियाको भादागाउँमा खोलिएको होम स्टेको पनि आन्तरीक तथा बाह्य पर्यटकका लागि थप आर्कषक बनेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको ठाकुरद्धारा मन्दिर पनि धार्मिक हिसावले निकै प्रख्यात रहेको छ । मध्यपश्चिमकै धार्मिकस्थल मध्ये एक मानिने ठाकुरद्धारा मन्दिरमा लिच्छवीकालीन मूर्तिहरु छन् ।

सरी पुग्ने ?
पश्चिम नेपालको प्रवेशद्धार नेपालगन्जबाट दुई घण्टामा सहजै पुग्न सकिने यस निकुन्ज महेन्द्र राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा रहेको छ ।

लोमान्थाङ

lomangthan-15

मुस्ताङको लोमान्थाङ नेपालीमात्र नभएर बिदेशी पर्यटकका लागि आर्कषक गतन्ब्य हो । मुक्तिनाथको दर्शन पनि गर्न पाईने र शाहसिक पदयात्रा पनि हुने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो ।

मुस्ताड तल्लो र माथिल्लो मुस्ताङ गरी दुई तहमा विभाजित छ  । देशमा गणतन्त्र आईसक्दा पनि त्यहाँ राजा र राजपरिवार प्रति गर्ने सद्भाव नै माथिल्लो मुस्ताङको अर्को बिशेषता हो । माथिल्लो मुस्ताङमा सडकको पहुच पुगेपछि अहिले आन्तरीक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भएको छ ।

कसरी पुग्ने ?
पोखरादेखि जोमसोमसम्म हवाईजहाजमार्फत यात्रा गर्न सकिन्छ । त्यसपछि पैदल यात्रा गरेर तीन दिनमा लोमाङथाङ पुग्न सकिन्छ । जोमसोमदेखि जिपमा जाने हो भने एकै दिनमा पुग्न सकिन्छ ।

घोरेपानी

Punhill_650-(6)

पदयात्राका लागि बिदेशी पर्यटकमाझ निकै लोकपि्रय छ घारेपानी । घोरेपानी क्षेत्रमा पदयात्रीका लागि सुबिधायुक्त होटल तथा लजहरु पनि रहेकाले पदयात्रीले यो मार्गलाई रुचाउँछन् । घोरपानीबाट आधा घण्टाको उकालो हिडेपछि  पुगिने पुनहिलबाट धौलागीरी हिमाल आँखै अगाडी देख्न सकिन्छ ।

पुनहिल पदयात्राको क्रममा दुई वटा विकल्प छन् । एक, पुनहिल पदयात्रा मात्र अर्को पुनहिल हुँदै अन्नपूर्ण हिमालको आधाशिवीरसम्म यात्रा ।

पोखरादेखि पुनहिल हुँदै पोखराका लागि पाँच दिनको समय उपयुक्त हुन्छ । पोखरा देखि पहिलो दिन तिखे ढुँगा, दोस्रो दिन घोरेपानी, तेस्रो दिन घोरपानीबाट सुर्य उदाएको दृश्य  अवलोकन गर्नलाई पुनहिल टावर गएर पुनः घोरेपानी आई टाडापानी, चौथो दिन घान्द्रुक र पाँचौ दिन  पोखरा पुगिन्छ । यो बाहेक पोखरा देखि पुनहिल हुँदै अन्नपूर्ण आधारशिवीर पुगेर पुनः पोखरा आउनलाई ११ दिनको पदयात्रा उपयुक्त हुन्छ ।  पोखराबाट दुई दिनको पैदल यात्रामा पुग्न सकिन्छ घोरपानी ।

स्वर्गद्धारी

Sorgadwari_650
पाँच पाण्डवले स्वर्ग जाँदा प्रयोग गरेको मार्ग भएकाले यसको हिन्दु धर्ममा निकै महत्व छ । अन्नपूर्ण, धौलागीरी र मनास्लु लगायत दर्जनौ हिमाल आँखै अगाडी हेर्न पाईने भएकाले दृश्यावलोकका हिसावले पनि यो उपयुक्त स्थान हो ।

स्वर्गद्धारीको चर्चा विशेष नेपालमा भन्दा भारतमा बढी रहेको छ । यही भएर होला बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्धारी पुग्ने गर्दछन् ।

कसरी पुग्ने ?

काठमाण्डौबाट नेपालगञ्जसम्म हवाई यात्रा गरेपछि बसयात्रा सुरु हुन्छ । नेपालजंगबाट रोल्पा जाने बस चढेर भृगीसम्म जान सकिन्छ । त्यसपछि ५ घण्टाको पैदलयात्रा गरेर वा निजी सवारीमार्फत पनि स्वर्गद्धारी मन्दिर पुग्न सकिन्छ । बसबाटै काडमाण्डौबाट रोल्पा जाने रात्री बसमा भंृगीसम्म गएर पनि पैदल यात्रा गर्न सकिन्छ ।

पाथीभरा

pathvara-(3)

समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटरमा उचाईमा ताप्लेजुङमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात छ । स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाईमा पर्ने पाथीभरा मनोरम हिमश्रृखला हेर्ने स्थल पनि हो । विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङगा लगायत कुम्भकर्ण हिमाल पनि हेर्न सकिन्छ । पाथीभरा मन्दिर परिसरमा कुनै होटल नभए पनि मन्दिर परिसरभन्दा केही तल भक्तजनहरुलाई बास बस्न र खानपिनको समेत ब्यबस्था छ ।

कसरी पुग्ने ?

काठमाण्डौदेखि दुई दिनको बस यात्रामा पुग्न सकिन्छ पाथीभरा । काठमाण्डौबाट सुकेटारसम्म हवाईजहाजमार्फत् पनि जान सकिन्छ । त्यसपछि चार घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ पाथीभरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment