Comments Add Comment

स्पेनमा दूतावास स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाइने

बार्सिलोना । स्पेनबासी नेपालीहरुले राजदूताबास स्थापनाको माग राख्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनको नेतृत्बमा राजनीतिक संगठन लगायत बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा  ज्ञापनपत्र बुझाउन लागेका हुन्।

स्पेनमा आउदा पूवर् प्रधानमन्त्रीदेखि पार्टीका बरिष्ट नेताहरुलाई पटक पटक आग्रह गर्दा पहल गरिदिने आश्वासन पाएका स्पेनवासी नेपालीहरु आफ्नो आवाज नसुनेको भन्दै दवाबस्वरूप नयाँ कदम उठाउन लागेका हुन्।

एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीले नेपाल सरकारले स्पेनमा बस्ने नेपालीहरुका समस्यालाई सुनेर दूताबास खोल्न अग्रसरता देखाउनुपर्ने बताउँछन् ।

सन् २०१५ को शुरुवातमा नै एनआरएनए स्पेन, आईसीसी सल्लाहकार, आईसीसी सदस्य, नेपाली जनसम्पर्क समिति, प्रवासी  नेपाली मन्च, जनप्रगतीशील मन्च(एमाओवदी), जनप्रगतीशील मन्च(नेकपा–माओवादी) लगायत जातीय तथा क्षेत्रीय संघ सस्थाको प्रतिनिधिहरु नेपाल पुगेर सरकारलाई ज्ञापनपत्र बुझाउने बताएका छन्।

राजदूताबास नहुदा स्पेनलाई पनि फ्रान्सस्थित नेपाली दुताबासले हेर्दै आएको छ। पोर्चुगल, ग्रीस लगायतका अन्य मुलुकलाई पनि हेर्नुपर्ने हुदा फ्रान्स दूतावासले स्पेनका नेपालीहरुका समस्यालाई सम्बोधन गर्न सकेको छैन। एमआरपी पासपोर्ट बनाउन, वारिस नामा लगायतका कागजात बनाउन लामो समय कुर्नुपर्ने झन्झट छ । फारम बिग्रदा, पासपोर्ट गलत बनेर आउदा पटक पटक डकुमेन्ट फ्रान्स र स्पेन गर्नुपर्ने हुदा स्पेनबासीले हैरानी ब्यहोरेका छन्।

अर्कोतर्फ दूतावास नहुदा स्पेन सरकारसँग नेपालको कुटनीतिक पहल हुन सकेको छैन। दिल्लीस्थित स्पेनिस दूतावासले परिवार पुनर्मिलनको क्रममा नेपालको कुनै पनि अस्पतालबाट दिएको  मेडिकल रिपोर्ट र डकुमेन्ट ट्रासलेटलाई  मान्यता नदिनु नै कुटनीतिक पहलको अभाव भएको उनीहरूको भनाइ छ । स्पेन र नेपालमा देखिएका समस्या निराकरणको  बिकल्प केवल दूताबास स्थापना नै रहेकोले स्पेनबासी नेपालीहरुले सरकारसँग जोडदार माग गर्दै आएका छन् ।

यसअघि पनि भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकिकृत माओवादी नेता स्वगीर्य पोष्टबहादुर बोगटी, डा प्रकाशशरण महत, भीम रावल, मीनेन्द्र रिजाल, अर्जुन जोशीलगायतका नेताहरुलाई आग्रह गर्दा पहल गरिदिने वचन दिएका थिए ।

बसन्त रानाभाटबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment