Comments Add Comment

३ वर्षअघि मरेकी हजुरआमाले मोबाइलमा म्यासेज पठाएपछि…..

Sheri Emerson३ वर्षअगाडि नै मृत्यु भैसकेकी आफ्नी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आयो, ‘मैले तिमीलाई हेरिरहेकी छु ।’
सन् २०११ मा मृत्यु भएकी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आएपछि ती युवती निकै डराइन् । म्यासेजमा अगाडि भनिएको थियो ‘सबै राम्रै गरिरहेकी छौ, अझै राम्रो गर ।’
घटना बेलायतको हो । साउथ सिल्डकी बासिन्दा शेरी इमरसनले आफ्नी हजुरआमाको निधन सँगै उनका मोबाइल फोन लगायतका सामान सबै शवको अन्त्यष्टि भएकै ठाउँमा गाडिदिएकी थिइन् । हजुरआमाको मोबाइल लगायतका सबै सामानले शवसँगै ‘अमरत्व’ प्राप्त गरेको र स्वर्गमा रहेकी आफ्नी हजुरआमाले त्यहाँ पनि मोबाइल फोन चलाउन पाउने विश्वास उनको थियो । त्यसैले शेरीले हजुरआमाको नाउँको मोबाइल फोन नम्बरमा बेलाबेलामा म्यासेज पठाउने गर्थिन् । उनलाई विश्वास थियो, आफ्ना म्यासेज मृत हजुरआमाको आत्माले थाहा पाउनेछ, तथापि कुनै जवाफ भने आउने छैन । तर एकदिन अकस्मात उनको मोबाइलमा हजुरआमाको नाउँको नम्बरबाट प्रतिउत्तर स्वरुप म्यासेज आयो । जसका कारण उनी निकै आतंकित भइन्, उनको टाउको गह्रैाँ भयो ।
पछि पो थाहा भयो । ओ टू टेलिकमले उनको हजुरआमाको मृत्युपछि सो नम्बर अर्को कुनै गाह्रकलाई दिएछ । सो पुरुष ग्राहकलाई पनि सो नम्बर पहिले कुनै महिलाको रहेको भन्ने कुरा थाहा भएनछ । आफ्नो मोबाइलमा आफुलाई मृतक हजुरआमाको रुपमा व्याख्या गरी विभिन्न थरी कुरा लेखेर म्यासेज गरेको देखेपछि उसले   कोही साथीले मजाक गरेको सम्झिएछ र त्यसको जवाफ स्वरुप शेरीको मोबाइलमा म्यासेज पठाएको रहेछ ।
हजुरआमाको नाउको नम्बरबाट त्यस्तो म्यासेज आउँदा आफु निकै डराएको र विरामी भएको भन्दै उनले त्यो अवस्थाको वर्णन गनृ आफुसँग कुनै शव्द नभएको बताइन् । उता ओ टू दूरसंचार सेवाले शेरीमाथि भएकेा पीडाप्रति माफी मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment