Comments Add Comment

मन्त्रीज्यू ! लौ हेर्नोस् राजधानीबासीको पीडा (फोटोकथा)

२ मंसिर, काठमाडौं । कर्णालीवासीले गाडी चढ्न पाएनन् भन्ने सुन्दा अनौठो नहोला । तर, मुलुकको राजधानीकै फराकिलो सडकमा सार्वजनिक सवारीमा यात्रा गर्नु मल्लयुद्ध जित्नजस्तै कठिन हुन थालेको छ काठमाडौंबासीलाई ।

night bus (21)रत्नपार्क, पुरानो बसपार्क, सुन्धारा र अनामनगर लगायतका स्थानमा अपराहृनदेखि साँझसम्म गन्तव्यमा पुग्ने गाडी नपाएर छटपटाइरहेका यात्रुहरुको विशाल भीड लाग्ने गरेको छ ।

night bus__650ठूला नेता, प्रशासक, ट्राफिकका हाकिम र मन्त्रीहरु यही बाटो भएर झण्डावाल गाडीमा हिँड्छन् । तर, उनीहरुले यात्रुहरुको यो भीडभाड र समस्याप्रति अलिकति पनि वास्ता गर्दैनन् ।

हेर्नुहोस् भिडियो-

night bus (14)बलिया पाखुरा भएका युवालाई समेत गाडी चढ्न मुस्किल हुन्छ । काखे बच्चा लिएका आमा, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, रोगी वा बिरामीहरुले त सार्वजनिक सवारीको ढोकाबाट भित्र छिर्ने कल्पना नगरे पनि हुन्छ ।

night bus (6)दिनभरि शहरमा, अध्ययन, व्यापार व्यवसाय, जागिर, किनमेल वा मजदुरी गरेर घर फर्कनका लागि राजधानीवासीले दिनहुँ सास्ती खेपिरहेका छन् ।

night bus (19)जनताको यति ठूलो हिस्साले दिनहुँ भोगेको यो दुःखप्रति सरकारले कुनै चासो दिएको छैन ।

night bus (30)यात्रुहरुको भीड लाग्ने गरेको पुरानो बसपार्ककै नजिकबाट सिंहदरबार देखिन्छ । त्यहाँभित्र ‘हेल्लो सरकार’ पनि छ । तर, सिंहदरबारभित्रको हेल्लो सरकारले आफ्नै नांगो आँखै अगाडिको यो समस्या देख्दैन भने कर्णालीका जनताको दुःख कसले देखोस् ? night bus (28)राजधानीमा बढ्दो शहरीकरणसँगै पर्याप्त सार्वजनिक सवारी साधनहरु नहुँदा जनसंख्यालाई धान्ने यातायातका साधनको अभाव भएको हो ।

night bus (17)दिउँसो चल्ने सवारी साधनको विकल्पमा महानगरपालिकाले रात्रीबस सेवा सञ्चालन गर्ने भने पनि साँझमा घर जाने बाध्यतामा रहेका सर्वसाधारणले यो सुविधा पाउन सकेका छैनन् ।

night bus (24)नागरिकको दुःखलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले उचित विकल्प दिन सकेको छैन ।

तस्वीर : श्रीधर पौडेल/कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment