Comments Add Comment

६४ वर्षीय बृद्ध प्रहरी शौचालयभित्र मृत भेटिए

८ मंसिर, तनहुँ । तनहुँको किहुँ गाविसका ६४ वर्षीय लेखनाथ उपाध्याय प्रहरी कार्यालयको शौचालयभित्रै मृत फेला परेका छन् ।

शौचालयको भेन्टिलेसनमा गलामा गलबन्दीको पासो लागेको अवस्थामा उनी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक मोहनकुमार खड्काले उपाध्यायले शौचालय गएकोबेला आफ्नै गलबन्दीले पासो लगाएर आत्महत्या गरेको बताए । शौचालय गएका उनले विहान ३ बजे आत्महत्या गरेको खड्काको दावी छ ।

गत असोज २२ गते तनहुँको किहूँ गाविस-४ निवासी ३० वर्षीया अमृता नेपालीको हत्या गरेको आरोपमा उपाध्याय गत कात्तिक ३ गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment